Incident Reports

Sharp weapon attack against president of Gyanjyoti

2017-05-12

Province 1, Jhapa, Birtamod

Surunga, Gyan Jyoti Youth Club's president Nabin Sedhai has been attacked with sharp weapon on 12 May, Friday around 8:30 in night. Injured by the attack, Sedhai is being treated in B&C hospital. According to a family source, he is not in risk now. Gyan Jyoti Club's general member Gyanu Chudal was involved in the attack. Police arrested Chudal around 3 p.m who fled immediately after attacking Sedhai. Another member of the club Chiranjibi Bimali is also suspected to have been involved in the attack. ज्ञान ज्योति युवा क्लब, सुरुङ्गाका अध्यक्ष नविन सेढाईंमाथि शुक्रबार राति साढे ८ बजे धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट घाइते बनेका उनको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । अहिले उनको अवस्था ‘खतरामुक्त’रहेको पारिवारिक स्रोतले जनाएको छ । क्लबकै साधारण सदस्य ज्ञानेन्द्र चुडाल ‘ज्ञानु’ले सुनियोजित रुपमा हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै फरार बनेका चुडाललाई शनिबार अपरान्ह ३ बजे प्रहरीले धरमपुरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशव थेबेले जानकारी दिए । ‘भागेर काठमाडौंतर्फ जान लागेको अवस्थामा पक्राउ गरेका हौं’, थेबेले अनलाइनखबरसँग भने, ‘पीडितले इलाकामा दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो ।’ घटनामा राति ज्ञानुसँगै रहेका चिरञ्जीवि विमलीको पनि संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । उनी फरार रहेको बताइए पनि केही व्यक्तिहरुसँग निरन्तर सम्पर्क भइरहेको बताइन्छ । ‘राति विमलीले ज्ञानुलाई हप्काएर तानेको भए यो घटना हुने थिएन,’ एकजना प्रत्यक्षदर्शीले अनलाइनखबरसँग भने, ‘दिउँसो पनि दुई जना धारिलो हतियार लिएर हिँडेका थिए ।’ यसैबीच, ज्ञान ज्योति युवा क्लबले हतियार प्रहार गर्ने चुडाल र घटनामा संलग्न भनिएका विमलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments