Incident Reports

Man Gets 20-year Jail for Trafficking Wife

2013-05-21

Makawanpur/May 21 The District Court Makawanpur has slapped a man with 20-year jail term for trafficking wife to a brothel in India. A single bench of District Judge Tek Narayan Kunwar on May 21 also slapped a fine of Rs 200,000 to Man Bahadur Thokar, 53, of Tistung VDC-8. The court has ordered Man Bahadur to pay the victim Rs 300,000 as compensation. Convicting Man Bahadur of selling his wife in India 22 years ago, the court has asked the government to extract the amount provided to the victim from the convict. Man Bahadur had sold the woman of Tistung VDC-2 to a brothel in India in Rs 200,000 after marrying her under different pretexts on 1991. The victim had succeeded to escape from the brothel with help from a customer of Gujarat, India on 2006. She stayed in her house for five years. She had returned home on November 2006. Maiti Nepal Hetauda had filed a case against Thokar after she reported the incident in a program organized by an NGO. Poilice had arrested Thokar following the complaint. Sister of Thokar Harimaya and her husband Harkalal who had gone with Thokar to sell the victim in India are absconding. Pratap Bista मकवानपुर । जेठ ७ गते पत्नीलाई भारतको वेश्यालयमा लगेर बिक्री गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक व्यक्तिलाई २० वर्षकैद गर्ने फैसला गरेको छ । पीडकलाई २ लाख रुपियाँ जरिवाना गर्ने फैसला पनि गरेको छ । अदालतले पीडित महिलालाई पीडकबाट ३ लाख रुपियाँ क्षतिपुर्ति स्वरुप उपलब्ध गराउन आदेश गरेको छ । उक्त रकम सरकारले पुनःस्थापना कोषबाट तत्काल पीडितलाई उपलब्ध गराउन पनि आदेश गरेको छ । पीडितलाई उपलब्ध गराएको रकम सरकारले पीडकबाट उठाउन पनि आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको ०७० जेठ ७ गते बसेको इजलाशले टिष्टुङ गाविस ८ का ५३ वर्षीय मानबहादुर थोकरलाई २२ वर्षअघि पत्नी बिक्री गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले उक्त फैसला गरेको हो । टिष्टुङ गाविस २ की एक युवतीलाई विभिन्न प्रलोभन दिएर ०४८ सालमा विवाह गरेर मकवानपुरको पदमपोखरी हुँदै भारतको वेश्यालयका लगेर २ लाख रुपियाँमा बिक्री गरेका थिए । उनलाई बिक्री गर्दा दिदी हरिमाया, भिनाजु हर्कलाल र मानबहादुर साथमा थिए । उनीहरूले २ लाख रुपैयामा युवती बिक्री गरेर नेपाल फर्केका थिए । १५ वर्षसम्म ती युवतीले वेश्यालयमा नारकीय जीवन बिताइन् । भारत गुजरातका एक ग्राहकको सहयोगमा उनी वेश्यालयबाट ०६३ सालमा निस्किन सफल भएकी थिइन् । पाँच वर्षसम्म त्यही ग्राहकको घरमा बसिन् । ०६८ साल मंसिरमा त्यही ग्राहकको सहयोगमा उनी नेपाल फर्किन सफल भइन् । नेपाल आएपछि हेटौंडास्थित एक गैरसरकारी संस्थाको कार्यक्रममा आफ्नो घटना सुनाएपछि माइती नेपाल हेटौडा शाखाले थोकरलगायतको विरुद्धमा प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले थोकरलाई तत्काल पक्राउ गरेको थियो । हरिमाया र हर्कलाल फरार छन् । प्रताप विष्ट

0 Comments