Incident Reports

No translation available.

2017-05-14

Bagmati, Dolakha, Baiteshwor, Ward 3

Accusing the alliance of Nepali Congress and CPN Maoist Center of capturing the booths, all the UML representatives and candidates of Tamakoshi and Baityaswor rural municipalities have left their respective polling centers. According to Post's Dolakha reporter Rajendra Manandhar, the UML has also lodged a complaint at District Election Office of Dolakha against NC and Maoist Centre. The UML representatives including the candidate of Chief for Tamakoshi Rural Municipality Ishwor Chandra Pokhrel have left the booths. However, election officer of Baityaswor Rural Municipality Chandra Kumar Shrestha said polling was going on smoothly at all polling centres of the rural municipality. According to Shrestha, UML had not sent the party representatives at two booths of ward number 1, however, the party representatives left the two booths of ward number 2 hours after the voting started. At Tamakoshi Rural Municipality, police intervened and took the situation under control at around 8:30 am at Jhule-3 and Kalapani-3 after UML accused that the other parties were obstructing voters from reaching to their polling centres. According to Election Officer of Tamakoshi Rural Municipality Bisworaj Neupane, he was reported that UML representatives have left the polling centers claiming that their candidates were attacked by NC and Maoist Center. However, voting has been going on smoothly at those centers except Sahare polling booth. स्थानीय तहको निर्वाचनमा अहिले सम्म दोलखा बढी तनावपूर्ण देखिएको छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै उम्मेद्वार र बैत्येश्वर गाँउपालिकाका पनि सबै उम्मेद्वारहरु बुथ छोडेर हिडेका छन् । उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरु दिएका छन् । एमाले दोलखाका अनुसार बैत्येश्वर गाउपालिका वडा नम्बर १ को विष्णु प्रावि गैरीमुदी, वडा नम्बर २ को जनज्योती मावि गैरीमुदी, तामाकोशी गाउपालिकाको वडा नम्बर २ को अम्मर मावी झुले, वडा नम्बर ३ को कालापानी जफे, वडा नम्बर ३ कै जमुने हेल्थपोपट जफेमा काग्रेस र माआवादी केन्द्रको गठबन्धनले हतियार देखाउदै मतदाता लखेटेर बुथ कब्जा गरेको छ । सुरक्षा निकायलाई जानकारी गराउदा सुरक्षा दिन नसक्ने जवाफ आएको भन्दै उम्मेद्वारहरु आफै सुरक्षाका लागि गाँउ छाडेर हिडेका हुन् । अन्य स्थानमा शान्तिपूर्ण चुनाव भइरहे पनि दोलखाका धेरै स्थानमा असमान्य स्थिति देखा परेको छ । विगु गाँउपालिकाको अलम्पु केन्द्रमा तनाव भएपछि मतदान सुरु भएको छैन । जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरीमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् । बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । फायरिङमा बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ । मतदान प्रतिनिधिहरुले मतदातालाई स्वतन्त्र रुपमा मत खसाल्न नदिने गरी गतिविधि गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा केही घाइते भएका छन् । बैत्येश्वरको गैरीमुदी विगतका चुनावमा पनि बढी नै तनाव हुने स्थल हो । स्वतन्त्र रुपमा मतदान गर्ने क्रमम विगतका चुनावमा पनि त्यो क्षेत्रमा अवरोध हुने गरेको इतिहास छ । यसपटक पनि विगतकै जस्तै घटना दोहोरिएको छ । एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्ने प्रयास गरेको दाबी गरेको छ । त्यही प्रयासले गर्दा स्थिति तनाव पूर्ण भएको हो । उक्त क्षेत्र काग्रेस र माओवादीको होल्ड भएको मानिन्छ । यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको थियो । झुले पनि संवेदनशिल क्षेत्र मानिन्छ । तामाकोसीकै कालापानी बुथमा झडप भएको छ । झडपमा एमालेका २ नम्बर वडाका अध्यक्षका उम्मेद्वार परशु कार्की र जिल्ला कमिटी सचिवालय सदस्य जीवस घाइते भएका छन् । उनीहरुलाई प्रहरीले रेक्क्यू गरेर उपचारमा लगेको छ । मेलुङ गाँउपालिकाको मेलुङ बुथमा पनि सामान्य झडप भएको छ । Update ------------ दोलखामा सीडीओ र डीएसपीकै सहयोगमा सत्तापक्षले बुथ कब्जा गरेको एमालेको आरोप रमुख विपक्षी नेकपा एमालेले दोलखा जिल्लाका अधिकांश मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै सहयोगमा सत्तारुढ गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेको छ । मतदान सम्पन्न भएपछि एमाले महासचिव ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले फेसबुक लाइभमार्फत तामाकोशी र बैत्यश्वर गाउँँपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा पुनःनिर्वाचनको माग गरेका हुन् । महासचिव पोखरेलले भने- ‘दोलखामा धेरै ठाउँमा मतदातालाई मतदान गर्नबाट बञ्चित गरी सत्तापक्षले कब्जा गरेको छ । एमालेका उम्मेदवारले सुरक्षा माग्दा सुरक्षाकर्मीले उल्टै बुथ कब्जा गर्न सघाएका छन् । त्यहाँका सिडिओ र डीएसपी अत्यन्त उद्दण्ड ढंगले प्रस्तुत भएकाले हामी गम्भीर बनेका छौं । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने सन्दर्भमा उनीहरुको भूमिका सकारात्मक रहेन ।’ दोलखाको घटनाबारे आफूले प्रमुख निर्वाचन आयुक्तसँग कुरा गरेको र पुनः मतदानका लागि ध्यानाकर्षण गराएको पोखरेलले बताए । ‘गोली चलाएर हत्या गरिएको छ, बाहिरबाट लगिएका पेशेवर गुण्डाहरुबाट बन्दूक लगायत घरेलु हतियारबाट उम्मेदवार र मतदातामाथि आक्रमण गरेर लेखेटिएको छ’ पोखरेलले भने निर्वाचन आयोगले यो कुरा बुझेर प्रक्रियासँगत ढंगले पुन मतदान गराउनुपर्छ,नत्र स्वीकार्य छैन ।’ एमालेले निर्वाचन आयोगको भूमिकामाथि समेत अशन्तुष्टि जनाएको छ । आयोग निरीह र लाचार देखिएको महासचिव पोखरेलले बताए । उनले भने- ‘हामी निर्वाचन आयोगको इन्टिगि्रटीमाथि प्रश्न उठाउन चाहादैनौं, तर आयोगको भूमिका यो भन्दा शसक्त हुनुपथ्र्यो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity CPNM-MC
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments