Incident Reports

Threat Issued by Detainee to Retract Case | कारागारबाटै मुद्दा फिर्ता लिन धम्की |

2013-05-21

Province 1, Morang, Belbari

Morang/ May 21 Ganesh Dulal, 25, of Belbari VDC-1, arrested and remanded on charge of raping a 16-year-old girl has threatened her family to take back the case. From the prison, he told the victim’s family that he was ready to marry the girl. The accused threatened that the victim’s party would be face dire consequences if they refused his offer. The threat was given to the father and brother of the girl. She has refused to marry the accused. After receiving the threat, the victim’s family is living under fear and considering withdrawal of the charge. The accused, Dulal, was working as the acting principal in Sagarmatha English School in Belbari. He sexually abused the girl and put her naked pictures in social networking sites. He is been facing three charges of abduction, rape and cybercrime after being arrested in April. Dipen Neupane मोरङ । जेठ ७ गते एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कारागार कार्यालय मोरङ पुर्पक्षका लागि थुनामा रहेका बेलबारी गाविस-१ का २५ वर्षीय गणेश दुलाल पक्षले मुद्दा फिर्ता लिन पीडित पक्षलाई धम्की दिएको छ । उनले कारागारबाटै पीडितसँग आफू विवाह गर्न सहमत भएको भन्दै पीडित पक्षलाई आफन्तमार्फत सूचना पठाएका छन् । पीडितले आरोपितसँग विवाह नगरे अवस्था अप्ठ्यारो हुने भन्दै आरोपित पक्षले धम्की दिएको हो । सो धम्की पीडितका बाबु र दाजुलाई दिएको हो । पीडितले भने आरोपितसँग विवाह गर्ने कुरा अस्वीकार गरेकी छन् । उनी कक्षा १२ को परीक्षा दिइरहेकी छन् । धम्कीपछि पीडित पक्ष त्रासमा रहेको बताइएको छ । त्रासका कारण पीडित पक्षले उजुरी दिनुको सट्टा मुद्दा फिर्ता लिने मनस्थितिमा रहेको बताएको छन् । जिल्ला सरकारी वकिल कोषहरि निरौलाले पनि मुद्दा फिर्ता नलिन र शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन र प्रहरीमा उजुरी दिन पीडित पक्षलाई सुझाव दिएका छन् । धम्की दिने आरोपित दुलाल बेलबारीस्थित सगरमाथा इङ्लिस स्कुलका सहायक प्रिन्सिपल हुन् । उनले ती बालिकालाई यौन दुर्व्यवहार गरी नाङ्गो तस्वीर खिचेर सामाजिक सञ्जाल फेसबुकमार्फत ०६९ फागुनमा सार्वजनिक गरेका थिए । आरोपित शरीर बन्धक, बलात्कार र साइबर अपराधका तीन ओटा मुद्दाअन्तर्गत पुर्पक्षका लागि ०६९ चैत १९ गतेदेखि थुनामा छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis