Voting in Bhotshipa Polling Centre of Indrawati Rural Municipality in Sindhupalchowk district has been halted. Police open fired as the clash erupted between cadres of Congress and CPN UML. According to police, the voting which was going on smoothly was disturbed due to forceful behavior of Congress cadres. The clash erupted as UML cadres revolted. Security agency informed about efforts being made to resume the halted voting.
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अन्तर्गत भोटसिपा मतदान केन्द्रमा तनाव सिर्जना भएपछि मतदान रोकिएको छ ।
कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले त्यहाँ हवाइ फायरसमेत गरेको छ ।
भोटसिपा केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेका बेला कांग्रेस पक्षले बलजफ्ती गर्न खोजेपछि एमाले प्रतिकारमा उत्रिएको र झडप भएको प्रहरीको भनाइ छ ।
स्थगित भएको मतदान पुनः सुचारु गर्न सहमतिको प्रयास भइरहेको सुरक्षा निकायले जानकारी दियो ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको प्रमुखमा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल उम्मेदवार बनेकाले दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् ।