Incident Reports

Two Locals Thrashed By Policeman

2013-05-20

Saptari/ May 21 A local Surya Narayan Mahato, 50, of Piparahi, Nakati Raipur VDC-3 has been beaten by Dev Narayan Mahato, 35, working as a policeman in Sankhuwasabha District on May 19 in connection with land dispute. Surya Narayan sustained a fractured skull and other injuries. He was admitted to the Sagarmatha Zonal Hospital of Rajbiraj Municipality-3 after he could not be treated at Unique Hospital in Raipur. Similarly, a local Ajaya Kumar Jha, 17, of Rajbiraj Municipality-9 was beaten and treated inhumanely by SI Tika Ram Bahadur Raut of Rajdevi Police Post of the same municipality on the evening of May 20. The victim was beaten and accused of hiding the water pipe of the temple. The area was tense after the incident. After the situation became more tensed, police took Tikaram to District Police Office from the Rajbiraj Municipality. Manohar Kumar Pokharel सप्तरी । जेठ ७ गते नकटी रायपुर गाविस-३ पिपराहीका ५० वर्षीय सूर्यनारायण महतोलाई ०७० जेठ ५ गते जग्गा विवादका विषयमा रायपुर गाविस-३ स्थित घर आएका बेला सँखुवासभा जिल्लामा कार्यरत प्रहरी जवान ३५ वर्षीय देवनारायण महतोले निर्घात कुटपिट गरेका छन् । लाठीको कुटाईबाट उनको टाउको फुटेको छ भने कान, पाखुरा र खुट्टालगायत शरीरमा नीलडाम रहेको छ । घाइतेको रायपुरस्थित युनिक अस्पतालमा उपचार सम्भव नभएपछि ०७० जेठ ६ गते राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । यसैगरी राजविराज नपा-९ स्थित राजदेवी प्रहरी पोष्टका असई टिकाराम बहादुर राउतले रम्पुरा मल्हनिया गाविस-९ घर भई राजविराज नपा-९ बस्ने १७ वर्षीय अजयकुमार झालाई ०७० जेठ ६ गते साँझ ५ बजे कुटपिट गर्दै अमानविय व्यवहार गरेका छन् । पानी तान्ने प्लाष्टिक पाइप मन्दिरको छतमाथि लुकाएको भन्दै असई राउतले राजविराज नपा-९ स्थित चित्रगुप्त मन्दिरका पुजारी इन्द्रकान्त झाका नाती अजयलाई कुटपिट गर्दा सो ठाउँ तनावग्रस्त भएको थियो । प्रहरी र स्थानीयवासीबीच झडपको अवस्था सृजना भएपछि वडा प्रहरी कार्यालय राजविराजबाट सई मनोज राउतको नेतृत्वमा पुगेको प्रहरी टोलीले असई राउतलाई विभागीय कारवाही गरिने भन्दै जिल्ला प्रहरी कार्यालय ल्याएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis