Incident Reports

Family Fined for Demanding Dowry

2013-05-22

Sunsari/May 22 Locals have fined rupees 500,000 to Ajim Miya of Amahibela VDC-6 on charge of demanding dowry from the girl"s side for the marriage of his son. With support from police, they slapped his family with the fine for demanding same amount and a motorbike as dowry to marry his son to the daughter of Attar Ansari of Gautam Ansari-2. Locals had apprehended Ajim and handed him over to police so that the malpractice of dowry should not spread in the society, Lukman Ansari of Bhutaha said. Local NC leader and chairperson of National Muslim Struggle Alliance Nepal Sunsari Gafar Ansari said that the fine was the first of its kind in the district as Ajim had unnecessarily demanded dowry when the date of the marriage was already fixed. Sukdev Chaudhary सुनसरी । जेठ ८ गते अमाहिवेला गाविस-६ का केटाका अभिभावक अजिम मियाँले छोराको विवाह गर्न दाइजो माग्दा ०७० जेठ ८ गते स्थानीयहरूले प्रहरीको सहयोगमा जरिवानाबापत ५ लाख रुपैयाँ तिराएका छन् । गौतमपुर गाविस-२ का अत्तर अंसारीको छोरीसँग विवाह गर्दा दाइजोबापत ५ लाख रुपैयाँ नगद र एक थान मोटरसाइकल मागेकाले स्थानीयहरूले दाइजो माग्ने अभिभावकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । विवाहको लागि छिनोफानो भइसकेको अवस्थामा दाइजोको विषयालाई लिएर समाजमा विकृति नफैलियोस् भनेर मुस्लिम समुदायका अगुवाहरूले सजायको रुपमा ५ लाख रुपैंया जरिवाना तिराइएको भुटाहाका लुकमान अंसारीले जानकारी दिए । मुस्लिम समुदायमा दाईजो पूर्णरुपमा बन्द गरिएकोमा विवाहको अन्तिम समयमा आएर केटीपक्षसँग अनावश्यक रुपमा समाजमा बद्नाम गर्ने गरी ५ लाख रुपैंया दाईजो र एक थान मोटरसाइकल मागेकाले स्थानीयहरूले केटाका बुवा अजिम मियालाई भुटाहा प्रहरी चौकीको जिम्मा लगाइएको थियो । प्रहरीको जिम्मामा रहेका अजिमले गौतमपुरको १ जनासहित २४ जनाले घरमा खानपिन गरेको र विवाहको मिति तय भएपनि अनावश्यक रुपमा दाइजो मागेकाले जिल्लामै पहिलो पटक मुस्लीम समुदायमा यस्तो जरिवाना तिराइएको स्थानीय काँग्रेस नेता एवं राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन नेपाल सुनसरीका अध्यक्ष गफार अंसारीले जानकारी दिए । विवाहको विषयमा संयुक्त छलफलमा मुस्लिम अगुवाहरू ताहिर अंसारी, मोलीम अंसारी, इसराईल अंसारी, महफुज अंसारी, लसकरी मिया, अलाउदिन अंसारी लगायतको उपस्थिति रहेको थियो । जिल्लाको रामनगरभुटाहा, घुस्की, बसन्तपुर, अमाहीवेलाहा, जलपापुर लगायतका मुस्लिम अगुवाहरूको सहभागितामा जरिवाना तिराई सार्वजनिक स्थलमा ५० पटक उठबस गर्न लगाएको अध्यक्ष अंसारीले बताए । दुई दिन अगाडि प्रहरीलाई जिम्मा दिएको अजिमलाई स्थानीयहरू सहितको पञ्चायतिमा ५० पटक कान समाएर उठवस गर्न लगाई दाईजो मागे जतिको ५ लाख रुपैंया जरिवाना तिराइएको अंसारीले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis