Incident Reports

Complaint Lodged in Police Office against VAW

2013-05-23

Kathmandu/ May 22 A complaint has been lodged at Woman and Children Service center in Metropolitan Police Range Kalimati, against Krisna Kumar Thapa, 26, of Lalitpur Chapagaun-8 and currently living in Naxal, Kathmandu on charge of marrying second wife Archana Tamang, 19. His first wife Manisha Tamang, 26, filed the complaint on May 21. In the complaint, the victim has demanded punishment against her husband under the domestic violence act. The victim said that she was mentally tortured by her husband and he was not taking care of the family. She further said that he used to beat her sometimes in an inebriated state. The couple was married 5 years ago. The accused would be arrested soon, said Inspector Sushila Pradhan of the police office. Similarly, another case has been registered at Women and Children Service Centre against Anil Tendulkar, 24, of Kritipur Municipality by his 18-year-old wife Kanchan Tandukar. She has stated in her complaint that he expelled her from house after beating her. Bibek Dhungana काठमाडौँ । जेठ ८ गते ललिपुर चापागाँउ-८ घर्रभई हाल काठमाडौँ मनपा नक्साल बस्ने २६ वर्षीय कृष्णकुमार तामाङले कामनपा नक्साल बस्ने १९ वर्षीया अर्चना तामाङलाई कान्छी पत्नी बनाएको भन्दै महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा जाहेरी परेको छ । आरोपित कृष्णकुमारविरुद्ध ललितपुर चापागाउँ-८ घरमै बस्ने उनकी २६ वर्षीया पत्नी मनिषा तामाङले ०७० जेठ ७ गते उक्त जाहेरी दिएकी हुन् । जाहेरीमा पति कृष्णकुमारलाई महिलाहिंसा ऐन ०६६ बमोजिम कानूनी कारबाहीको माग पीडितले राखेकी छन् । पति कहिलेकाही मात्र घरआउने र उनलाई मानसिक तनाव दिई बालबच्चा समेतको हेरविचार नगर्ने गरेकोले आफु मर्कामा परेको पीडित मनिषाले बताइन् । पतिले मादक पदार्थ सेवन गरी बेलाबेला कुटपिट समेत गर्ने गरेको पीडितले बताइन् । कृष्णकुमार र मनिषाको ०६५ सालमा सामाजिक परम्परा अनुसार विवाह भएको थियो । हाल उनीहरूको चार वर्षीया एक छोरी रहेकी छन् । आरोपितलाई शीघ्र गिरफ्तार गरी घटनाको सम्बन्धमा कारबाही अगाडी बढाउने सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । यसैगरी, घरबाट निकाला गरिएकी काठमाडौँ कीर्तिपुर नगरपालिका समलटोल बस्ने १८ वर्षीया गर्भवती महिला कञ्चन तण्डुलकारले पति २४ वर्षीय अनिल तण्डुलकारविरुद्ध महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा ०७० जेठ ७ गते जाहेरी दिएकी छन् । पति अनिलले विवाह भएदेखिनै पटक-पटक कुटपिट गर्दै आएकोमा पछिल्लो पटक ०७० जेठ ५ गते निर्घात कुटपिट गरी आठ महिनाको गर्भवती भएको अवस्थामा घरबाट निकाली दिएको पीडित कञ्चनले बताइन् । दिनहु जस्तो मादक पदार्थ सेवन गरी घरआउने र अपशव्द बोली कुटपिट गर्ने गरेको कञ्चनले जानकारी दिइन् । जाहेरीमा पति अनिलविरुद्ध महिला हिंसा ऐन ०६६ बमोजिम कारबाही गरी पाउँ भनी पीडितले माग गरेकी छन् । उनीहरूको ०६९ सालमा प्रेम विवाह भएको थियो । घटनाको सम्बन्धमा आरोपितलाई झिकाई शीघ्र अनुसन्धान थालिने सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis