Incident Reports

Protest against Chief Justice's impeachment motion in Nijgadh

2017-05-02

Madhes, Bara, Nijgadh

There was a protest in Nijhgadh against impeachment motion of Chief Justice Sushila Karki. Various sister organizations associated with CPN-UML organized the protest at Nijgadh. They made a human chain at Sahid Chowk and also protested on the roads with various slogans. The protest later turned into a corner assembly. प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग तुरुन्त फिर्ता गर्न माग राख्दै मङ्गलवार बिहान निजगढमा प्रदर्शन भएको छ । नेकपा एमालेका विभिन्न भ्रातृ सङ्गठनले निजगढमा विरोध प्रदर्शनको आयोजना गरेका हुन् । प्रदर्शनको क्रममा ‘संवैधानिक कानुनभन्दा माथि कोही हुँदैन’, ‘न्यायमूर्तिमाथि लगाइएको महाअभियोग तुरुन्त फिर्ता गर’, ‘तोकिएकै समयमा निर्वाचन सम्पन्न गर’ जस्ता नारा लगाएका थिए । शहीद चोंकमा मानव साङ्लो बनाएपछि सडकमा विरोध प्रदर्शन र कोणसभा भएको थियो । निर्वाचनको सँघारमा काङ्ग्रेस र माओवादी नेताहरूद्वारा सुनियोजित ढङ्गले नजिकिंदो स्थानीय निर्वाचन भाँडन सरकारले नैं यस्तो महाअभियोग लगाएकोले सम्पूर्ण न्यायप्रेमी जनतासँगै नेकपा एमाले यसविरुद्ध रहेको बताउँदै महाभियोग तुरुन्त खारेज गर्न वक्ताहरूले चेतावानी दिए । यसलाई बेवास्ता गरे कडा प्रदर्शन गर्ने समेत उनीहरूले चेतावनी दिए । निर्वाचन भाँडन नियोजित षडयन्त्र अन्तर्गत ल्याइएको महाभियोग आम न्यायप्रेमी नेपाली र मुलुकको हितमा नभएकोले खारेज गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठले भने । चुनाव नजिकिंदो छ । देश र जनताले चुनाव चाहिरहेका छन् । तर सरकारमा सामेल दलहरूले भने चुनाव नहोस् भन्ने मनसायले प्रेरित भएर महाभियोग ल्याएका छन् । यसविरुद्ध लाग्नुपरेको कोणसभामा बोल्दै नेता श्रेष्ठले बताए । न्यायपालिका माथि यस्तो ठाडो हस्तक्षेप सदाका लागि बन्द गर्न आम नेपाली जनता एक हुनुपर्ने नेता श्रेष्ठको भनाइ थियो । जुलुसमा एमाले तथा भ्रातृ सङ्गठनका नेता, कार्यकर्तालगायतको सहभागिता थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments