Incident Reports

Three cadres of Nepal Communist Party arrested

2017-05-21

Province 1, Ilam, Mangsebung

Police have arrested three cadres of Nepal Communist Party from various parts of Ilam on charge of operating anti-election activities and removing the signboard of local level. The arrestees were 23 years old Om Prakash Gharti, 28 years old Salu Budathoki and her husband 23 years old Dhan Bahadur Magar. According to DSP Mahendra Kumar Shrestha, Om Prakash was arrested from Gajurmukhi, Salu from Phakphokthum village council and Dhan Bahadur from Deumai municipality-9. According to the police, Dhan Bahadur and Om Prakash are party’s cadres where as Salu is coordinator of Nepal Communist Party, AKHIL Nepal Women Federation. The party in charge Trilochan accused police of arresting their cadres while doing peaceful political activities. Kokila Dhakal स्थानीय तह निर्वाचन गतिविधिको विरोध गरेको र स्थानीय तहका साइनबोर्ड फालेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यर्तालाई प्रहरीले जेठ ७ गते इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सुर्खेत घर भएका २३ वर्षीय ओमप्रकाश घर्ती, इलाम जीतपुरका २८ वर्षीया सालु बुढाथोकी र उनका पति २३ वर्षीय धनबहादुर मगर रहेका छन् । ओमप्रकाशलाई गजुरमुखीबाट, सालुलाई फाकफोकथुम गाउँपालिकाबाट र धनबहादुरलाई देउमाइ नगरपालिका-९ गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ओमप्रकाशले गजुरमुखी गाउँपालिकाको साइन वोर्ड फ्याँकेर ‘स्थानीय जन-समितिको कार्यालय’ लेखिएको नेपाल कम्युनिष्ट पाटीको वोर्ड राखेको, सालुले फाकफोकथुम गाउँपालिकाको बोर्ड फ्याँकेर पार्टीले अर्को बोर्ड राखेर चुनाव विरोधी पर्चा-पम्प्लेट छरेको तथा धनबहादुरले पनि चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले बताए । उनीहरू तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । धनबहादुर र ओमप्रकाश नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् । सालु भने नेपाल कम्युनिष्ट पार्टीको अखिल नेपाल महिला संघ इलाम संयोजक हुन् । लोकतन्त्रमा शान्तिपूर्ण ढङ्गले कुनै पनि राजनीतिक दलको गतिविधि गर्न पाउनुपर्ने पार्टीका इलाम इन्चार्ज त्रिलोचनले बताए । ‘बाटोमा हिँडिरहेका हाम्रा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । संविधानमा पनि कुनैपनि दलले पर्चा-पम्प्लेट गर्न र राजनीतिक गतिविधि सञ्चालन गर्न पाउने भन्ने लेखिएको छ ।’ उनले भने ‘त्यसकारण पनि हामीले हाम्रो गतिविधि सञ्चालन गर्न पाउनु पर्छ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
INSEC , Other Sources

0 Comments