Incident Reports

Police Let Girl Abuser Scot-free

2013-05-23

Kathmandu/ May 23 Police have released the abuser of Lalita Chaudhary, 12, working as a domestic help in the house of Rita Karna in Sun Rise City Home, Baneswor of Kathmandu Municipality-34. According to DSP Bhim Dhaka of Metropolitan Police Circle Baneswore, her own maternal uncle had beaten her after she refused to go back to her home town in Saptari. The victim girl was brought to Kathmandu for education 10 months ago. The rescue officer of CWIS Nepal Pradeep Dangol accused the police of protecting the perpetrator by settling the case instead of bringing the culprit to justice. He further said that the police tried to conceal the incident. The police violated right to information by concealing the information about the girl who was beaten to unconsciousness on May 19, he added. The MPC Baneswore had reached the incident site to rescue the girl and. It is not clear where the girl was taken for the treatment thought police said that she was taken to Nagarik Hospital, Dangol said citing Nagarik hospital sources. The girl has been handed over to the family after treatment, according to DSP Dhakal. He further said that the incident was minor and it was resolved as it was a family incident. Bibek Dhungana काठमाडौँ । जेठ ९ गते सप्तरी जिल्ला घर्रभई हाल काठमाडौँ मनपा-३४ नयाँबानेश्वर थापागाउँ स्थित सनराइज सिटिहोमको बि. टु. ब्लकमा बस्ने रिता कर्णकोमा बालश्रमिकको रूपमा काम गर्दै आइरहेकी बालिका १२ वर्षीया ललिता चौधरीको कुटपिटमा संलग्नलाई कुनै पनि कारबाही नगरी प्रहरीले रिहा गरेको छ । खान, बस्न र पढ्न भनी सप्तरीबाट दश महिनाअघि काठमाडौँ ल्याइएकी पीडित बालिकाले सप्तरी घर फर्कन इन्कार गरेपछि उनकै मामाले बालिकालाई कुटपिट गरेको बानेश्वर वृतका डिएसपी भिम ढकालले बताए । प्रहरीले घटनाको दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै भित्रभित्रै घटनालाई मिलाई पिडकलाई उन्मुक्ति दिएको बालअधिकारकर्मी संस्था सिविस नेपालका उद्धार अधिकृत प्रदीप डगोलले बताए । पटक-पटक सम्म घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत बानेश्वरमा बुझ्न खोज्दा प्रहरीले सूचना लुकाएको उनले बताए । रक्ताम्य हुने गरी ०७० जेठ ५ गते कुटिएकी ती बालिका बेहोस भईसके पछिको अवस्था कस्तो छ र कहाँ उपचार गरिदैछ भन्ने समेत जानकारी नदिएर प्रहरीले सूचनाको हकलाई बन्देज लगाएको उनको आरोप छ । बालिकाको उद्धारको लागि घटनास्थल पुगेको महानगरीय प्रहरी परिसर बानेश्वर बृतको टोलीले बालिका उपचारको लागि भन्दै गाडीमा लिएर गएको थियो । प्रहरीले नागरिक अस्पतालमा बालिकाको उपचार भएको भनेपनि बालिकालाई नागरिक अस्पताल नलगिएको अस्पताल स्रोतलाई उद्धत गर्दै सिविसका उद्धार अधिकृत डगोंलले बताए । पीडित बालिकाको उपचारपश्च्यात उनलाई घरपरिवारको जिम्मा लगाइएको डिएसपी ढकालले बताए । सामान्य कुटपिट भएको र घरपरिवारकै कुरा भएकोले मिलापत्र भएको डिएसपी ढकालले भने । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis