Incident Reports

चुनाव भाड्न कार्यकर्तालाई बैद्य माओवादीको तालिम l CPN-M (Baidya) cader are given training to pell-mell the election.

2013-05-23

चुनाव भाड्न कार्यकर्तालाई बैद्य माओवादीको तालिम ! 4 १० जेठ, काठमाण्डौं । नेकपा-माओवादीले आगामी संविधानसभा निर्वाचन बिथोल्ने उद्देश्यसहित कार्यकर्तालाई ‘गोप्य’ तालिम दिन थालेका छन् । एक साताको उक्त तालिममा संविधानसभा चुनाव बिथोल्नेलगायतका रणनीतिबारे प्रशिक्षण दिन थालिएको पार्टी उच्च स्रोतले बतायो । Mohan-Baidya--kiranराजधानीका कोटेश्वर र कलंकीमा तालिम सम्पन्न भइसकेको र अन्य केही स्थानमा पनि तालिम सञ्चालन गर्न लागिएको छ । एउटा तालिममा एक सयदेखि एक सय ५० जना युवा सहभागी हुने गरेको अन्नपूर्ण पोष्टमा खबर छ । जनस्वयंसेवक ब्युरोका प्रमुख उदय चलाउने र इन्चार्ज पार्टी सचिव नेत्रविक्रम चन्द हुन् । कर्णाली अञ्चलका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा चुनाव मिति तोकिनुअघि नै यस्तो तालिम सम्पन्न गर्ने लक्ष्य राखिएको पार्टी स्रोतले जनाएको छ । ‘युवालाई संगठित गर्न र वार्मअप गर्नका लागि तालिम दिन लागिएको हो भन्ने बुझ्नुहो,’ एक केन्द्रीय सदस्यले भने । सचिव देव गुरुङले तालिम बारेमा आफूलाई जानकारी नभएको बताए ।

0 Comments

Related Reports
Related Trend Analysis