Incident Reports

Three Injured in Police Firing

2013-05-26

Sunsari/May 26 Three persons have been injured in police firing at the locals of Duhabi who were demanding action against the killer of local Radha Kamat on May 26. They were injured while trying to force the closure of the vehicular movement on the road. Police said they fired two rounds of bullet to control the agitating locals and also agitating Sadbhawana Party cadres claiming the agitators of both sides had ignored the police warning to clear the road. Police had also fired two shells of teargas. The injured Bijay Chaudhary, 28, Jalil Miya, 40, and Arun Sah, 24, had sustained injuries. Miya and Chaudhary were taken to BP Koirala Memorial Hospital, Dharan. Twelve agitators also sustained minor injuries in the incident. CDO Laxman Kumar Thapa said that he had received information about the firing but he was yet to get the incident confirmed. The agitators have also vandalized an ambulance, bus carrying wedding party, medical oxygen carrying truck among others. One APF and one Nepal Police head constables were injured in the scuffle. Sukdev Chaudhary सुनसरी । जेठ १२ गते दुहबिका स्थानीयहरूले राधा कामतको हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै ०७० जेठ १२ गते बजार र यातायात बन्द गराउने क्रममा प्रहरीले चलाएको गोली लागी तीन जना घाइते भएका छन् । आन्दोलित स्थानीयबासी र सद्भावना पार्टीका बन्दकर्ताहरू बजारमा प्रदशनमा उत्रेकाले भीड नियन्त्रण गर्न दुई राउन्ड गोली चलाएको प्रहरीले बताएको छ । बन्दकर्ताहरूलाई सडकबाट हट्नको लागि चेतावनी दिदा समेत प्रदर्शन नरोकिएकाले प्रहरीले चलाएको गोली लागि दुहबी गाविसका २८ वर्षीय विजय चौधरी, सोही ठाउँका तरकारी व्यवसाय मोहमद ४० वर्षीया जलिल मिया र २४ वर्षीय अरुण साह गम्भीर घाइते भएका हुन् । घाइते मिया र चौधरी दुई जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोही घटनामा स्थानिय मुकेश चौधरी, राकेश राम, पल्टन भट्टचार्य, दिनेश रौनियार, सदभावना पार्टीका केन्द्रीय सदस्य सुनिता विश्वास, रेखा थापा लगायत १२ जना सामान्य घाइते भएका छन् । शान्तिपूर्ण आन्दोलन दमन गरेको भन्दै प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सुरज खडकाको पुतला समेत जलाएको छ । प्रहरीले छ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ भने दुई राउण्ड गोली प्रहार गर्दा दुहवि तनावग्रस्त बनेको स्थानीय आषिश यादवले जानकारी दिए । घटनाको विषयमा समाचार सकंलन गर्न जाँदा स्थानीय पत्रकार चन्दन रौनियारलाई समेत प्रहरीले कुटपिट गरेको जनाइएको छ । रौनियार रिपोटिगं लागी जाँदा प्रहरीले २ लाठि हानेको बताए । यता सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले गोली चलेको विषयमा छानबिन भइरहेको तर यसको आधिकारीक पुष्टि हुन बाँकी रहेकेा प्रतिक्रिया दिए । दुहबी बजार बन्द गर्ने क्रममा प्रदर्शनकारीले एम्बुलेन्स को १ च ३३०५, को १ च ३६१०, को१ च ५९२५ बा २ च ४६४३ र जन्ती बोकेका बस बा १ ख ९९१६ अक्सिजन बोकेको ट्रक को १ ख ११३० नम्बरको सवारी साधन तोडफोड गरी क्षति पुर्‍याइएको जनाइएको छ । झडपका कारण दुहबी बजार र आसपास क्षेत्र तनावग्रस्त बनेको छ । सोही झडपमा परी सशस्त्र प्रहरीका हबल्दार विजय कार्की तथा जनपथ प्रहरी जवान समेत घाइते भएको प्रहरीले जनाइएको छ । सदरमुकाम इनरुवामा सद्भावना पार्टीका नेता कार्यकर्ताहरूले बजार बन्द गराइरहेको समयमा प्रहरी प्रशासनले हस्तक्षेप गर्दै नेता कार्यकर्ताहरूलाई गिरफतार गरेको छ । पार्टीका जिल्ला अध्यक्ष देवनारायण यादव, उपाध्यक्ष देवराम यादव मधेशी र रधुनाथ मेहतालाई प्रहरीले बन्द गर्ने क्रममा बस चौकबाट बिहान नियन्त्रणमा लिएको हो ।

0 Comments

Related Reports
Related Trend Analysis