Incident Reports

Cadres padlock UML office

2017-05-27

Province 1, Sunsari, Dharan

A disgruntled faction of the CPN-UML padlocked the party’s area committee office in Dharan on Saturday. Sunsari District Committee member Bhuwan Moktan and secretariat member of the area committee Harka Chumme and their supporters padlocked the office and staged a sit-in to protest the party’s selection of candidates for the upcoming local level elections. They complained that the party had ignored deserving party members while choosing candidates for the June 14 polls. Amid the protest, the UML municipal committee made public its election manifesto. Indra Rai, the UML area committee chairman, said the party will hold talks with the protesting cadres as the candidates are yet to be finalised. आगमी जेठ ३१ गतेको स्थानीय तह निर्वाचनमा पार्टीले वडा अध्यक्षमा जनपक्षीय नभई आफ्ना मान्छेलाई उम्मेद्वार बनाएको भन्दै उम्मेद्वारका आकांक्षीसहित कार्यकर्ताहरुले एमाले धरान उपमहानगर कमिटि कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार धरान १० का वडा अध्यक्षका आकांक्षी हर्क चुम्मे र वडा ७ का आकांक्षी भुवन मोक्तानसहित असन्तुष्ट कार्यकर्ताहरुले धरान १ स्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि असन्तुष्ट नेता, कार्यकर्ताहरु दिनभर कार्यालयअघि धर्नामा बसेका थिए । चुम्मे सुनसरी क्षेत्र नं १ को क्षेत्रीय सचिवालय सदस्य हुन् भने मोक्तान एमाले जिल्ला कमिटि सदस्य हुन् । वडा हुदै उपमहानगर कमिटिबाट सिफारिश गएको वडा अध्यक्षका आकांक्षीमा जिल्ला पदाधिकारीले अरुलाई नै छनौट गरेको सार्वजनिक भएपछि असन्तुष्ट नेता, कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् । एमालेलाई धरानमा स्थापित गर्न योगदान पुर्याएकाहरुलाई मुंल्यांकन नगरी नेताले भनेको मान्ने आफ्ना मान्छेहरुलाई टिकट दिएको कारण असन्तुष्टी जनाएको चुम्मेले बताए । ‘जनपक्षीय र सही व्यक्तिलाई उम्मेद्वारी दिनुपर्छ भन्ने हाम्रो माग हो, नेतृत्व नसच्चिएसम्म हाम्रो कार्यक्रम जारी रहन्छ’–उनले भने । जिल्ला पदाधिकारीको बैठकले वडा अध्यक्षका उम्मेद्वारको नाम तय गरिसक्दा पनि सम्बन्धित नेताहरुलाई बुझ्दा जवाफ नपाएको अर्का असन्तुष्ट नेता मोक्तानले बताए । नेतृत्वले छलफलको वातावरण नबनाएसम्म धर्ना जारी रहने उनले पनि खुलाए । शनिबार बिहान कार्यालयको माथिल्लो तलाको हलमा एमाले धरान निर्वाचन परिचालन कमिटिले प्रतिवद्धता पत्र सार्र्वजनिक गरिरहदा भुइतलाको मुख्य कार्यालय अघि भने असन्तुष्ट नेता, कार्याकर्ताहरुले धर्ना जारी राखेका थिए । घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम भएकोले पनि पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरुको भीड थियो । एमालेलाई धरानमा मजबुत संगठन मानिन्छ । तर, उम्मेद्वार छनौटको असन्तुष्टी सतहमा देखिएपछि निर्वाचनमा असर पार्ला कि भन्ने चिन्ता पार्टी कार्यालयमा उपस्थित स्थानीय नेता, कार्यकर्ताहरुले व्यक्त गरिरहेका थिए । प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रश्न उठेपछि जवाफ दिदै क्षेत्रीय कमिटि अध्यक्ष एवं नेता इन्द्र राईले उम्मेद्वारबारे निर्णय आधिकारिकरुपमा आइनसकेको उल्लेख गर्दै भने–‘पार्टीमा योग्य साथीहरु धेरै हुनुहुन्छ, तर एक जना उम्मेद्वार बनाउनुपर्ने बाध्यता छ । एक पदमा ३ जना सिफारिश भएको छ, त्यसमध्ये २ जना त ब्याक हुनैपर्छ ।’ यद्यपी उनले वडा कमिटिबाट सिफारिश भएको बाहेकलाई निर्णय नहुने पनि प्रष्ट पारे । धरान उपमहानगरमा मेयर, उपमेयरमा ३ /३ जनाको नाम सिफारिश भएको छ । अहिलेसम्म उम्मेद्वार तय हुन सकेको छैन । वडा अध्यक्षका उम्मेद्वारको नाम जिल्ला पदाधिकारीले तय गरेको भनिए पनि सार्वजनिक गरिएको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments