Incident Reports

NC cadre on hunger strike against distribution of ticket

2017-05-24

Sudurpashchim, Kailali, Dhangadhi

Krishna Bahadur Kuwar, former Kailali district chairman Nepali Congress aligned Nepal Student Union is on hunger strike since the past 6 days expressing dissatisfaction over the distribution of tickets for candidacy for upcoming second phase of local level election. Kuwar has accused Nepali Congress leaders of distributing candidacy tickets of Dhangadhi sub-metropolitan city and other local levels of Kailali district on whim. पार्टी नेतृत्वले टिकट वितरणमा अन्याय र असमान व्यवहार गरेको आरोप लगाउँदै एक जना कांग्रेस कार्यकर्ताले आमरण अनशन थालेका छन् । धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पूर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालाबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका हुन् । ‘टिकट वितरणमा अन्याय मात्र भएन । आर्थिक लेनदेनदेखि भागबन्डासमेत गरिएको छ,’ कुँवरले भने, ‘७ नं प्रदेशको एकमात्र उपमहानगरका वडामा टिकट वितरणमा नेतृत्वले गरेको मनोमानीका विरुद्ध आमरण अनशन बस्नुपरेको हो ।’ पाउनुपर्नेले टिकट नपाएको र जित्नै नसक्ने तथा जनाधार नै नभएकालाई टिकट दिइएको उनले आरोप लगाए । पार्टीभित्र गुटबन्दीले कांग्रेस पराजित हुने वातावरण सिर्जना भएको र शुद्धीकरण नहुँदासम्म अनशन कायम रहने उनको भनाइ छ । धनगढी बजारको छेउमा रहेको कांग्रेस कार्यालयमा उनी एक्लै आमरण अनशनमा बसेका छन् । कांग्रेस सुदृढीकरण र शुद्धीकरण हुनुपर्ने ब्यानर टाँगेर अनशनमा बसेका कुँवरलाई अहिलेसम्म दलका जिम्मेवार नेता कोही पनि भेट्न आएका छैनन् । कार्यालयभित्र जाने मूल ढोकामा ताला लगाइएको छ । ढोका छेउमा उनी अनशन बसिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth na
National/Online Media

0 Comments