Incident Reports

Four Workers Injured in Police Baton Charge

2013-05-26

Province 1, Morang, Budhiganga

Morang/May 26 Four workers of Swastik Jute Mill in Hattimuda VDC-9 have been injured in baton charge by the police on May 26 who were protesting the firing a mill worker. The injured workers were identified as Mofil Miya, 34, Mahirun Khatun, 36, Ram Kumal, 20, and Jahiran Khatun, 28, of Hattimuda VDC-9. They were treated at Koshi Zonal Hospital. The baton charge was at the workers demanding reinstatement of a worker, Mohammad Kaiyum, 38, was led by Nemuwa Area Police Office in-charge Poonam Chaudhary. Police also arrested seven protestors including the four injured ones. DSP Deepak Kharel of District Police Office said that they were arrested to prevent vandalism at the mill. Dipen Neupane मोरङ । जेठ १२ गते हात्तीमुडा गाविस-९ स्थित स्वस्तिक जुट मिलअगाडि मजदुर निस्कासनको विरोध गर्दै धर्नामा बसेका मजदुरमाथि प्रहरीले लाठी प्रहार गरी ०७० जेठ १२ गते चार जनालाई घाइते बनाएको छ । घाइते हुनेमा हात्तीमुडा गाविस-९ का ३४ वर्षीय मोफिल मियाँ, सोही ठाउँकी ३६ वर्षीया महिरुन खातुन, २० वर्षीय राम कुमाल र २८ वर्षीय जहिरन खातुन रहेका छन् । उनीहरूको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भएको छ । सो मिलका कार्यरत ३८ वर्षीय मोहमद कैयुमलाई पुनःबहाली गर्न माग गर्दै मजदुरअरु धर्नामा बसेको समयमा इलाका प्रहरी कार्यालय नेमुवाका इञ्चार्ज पुनम चौधरीको नेतृत्वमा लाठी प्रहार गरिएको थियो । लाठी प्रहारपछि प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ । घाइते चार जनासहित ४२ वर्षीय मोहमद इस्लाम, ३५ वर्षीय जीवरिल मिया र ३४ वर्षीया कुमारीदेवी कुमाल रहेका छन् । उनीहरूलाई जुटमिलमा तोडफोड हुने आशंकामा गिरफ्तार गरिएको र साँझ रिहा गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक पोखरेलले बताए । इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज चौधरी सामान्य बल प्रयोग गरिएको बताए । पीडित मोहमद कैयुमले शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको बनाए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis