Incident Reports

Two VDC Secretaries Abducted by CPN-M Cadres

2013-05-26

Kapilbastu/May 26 The cadres of CPN-M have abducted Khurhuriya VDC secretary Jhalak Kumar Shrestha and Lalpur VDC Secretary Krishna Sharma at around 10 pm on May 26. They were released later at around 5 pm. They were abducted while heading for the camp being held to collect voters’ name and to provide government services including distribution of citizenship certificates. The cam was suspended following the abduction. The CPN-M called Revolutionary Federation of Nepalese Journalists to claim the responsibility and to inform that the secretaries had been released after questioning. SP Rajendra Dhakal claimed that the abductors freed the secretaries after massive search operation by the police. Nandaram Poudel कपिलवस्तु । जेठ १२ गते घुम्ती शिविरमा खटिएका खुरुहुरिया गाविस सचिव झलककुमार श्रेष्ठ र लालपुर गाविस सचिव कृष्ण शर्मा ०७० जेठ १२ गते बिहान १० बजे अपहरणमा परेकोमा साँझ ५ बजे मुक्त भएका छन् । नेकपा माओवादी वैद्य समूहका पश्चिम कमान्डको नेतृत्वमा बिहान १० बजे शिवपुर गाविसको हल्लानगरवाट नागरिकता वितरण तथा मतदाता नामावली संकलनका लागि शिवगढीमा संचालन हुने शिविरतर्फजाँदै गर्दा अपहरणमा परेका थिए । अपहरणमा परेको हल्लाले आज संचालन हुने भनिएको शिविर समेत स्थगित भएको थियो । दुई जना सचिव सम्पर्कविहीन भएपछि प्रहरीले व्यापक खोजी गरेको थियो । साँझ ५ बजे माओवादी निकट क्रान्तिकारी पत्रकार महांसघका अध्यक्षले टेलिफोन गरी घटनाको जिम्मा माओवादीले लिएको जानकारी गराउँदै नियन्त्रणमा लिएका सचिवलाई सोधपुछ गरी छाडिएको बताएका छन् । एसपी राजेन्द्र ढकालले व्यापक प्रहरी परिचालन गरी सर्च गरेकोले अपहरणकारी बाध्य भएर छाडेको बताए छन् । माओवादीले मतदाता नामावली संकलन कार्य तथा नागरिकता वितरण कार्य रोक्ने शर्त पछि छाडेको स्रोतको दाबी छ । माओवादीले अपहरण नभई सोधपुछका लागि लगिएको बताएका छन् । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis