Incident Reports

CIAA arrests two rural municipality executives with bribe in Sindhuli

2017-06-07

The Commission for Investigation of Abuse of Authority has reportedly arrested two rural municipality executive chiefs red-handed while they were taking bribe from a solar panel dealer in Sindhuli district recently. A CIAA team deployed from Bardibas apprehended executive chief of Golanjor Rural Municipality Bhola Kumar Ale and executive chief of Fikal Rural Municipality Satish Bhattarai in Sindhuli District. The duo were arrested while they were taking commission from the owner of Dhruba Electronics, an authorised supplier of solar panel at Stall Bazar in Kamalamai Municipality-6, for making purchase deal on behalf of the government, according to the Superintendent of Police Mukesh Singh at the CIAA extended office in Bardibas. Ale was held with Rs 1,51,000 and Bhattarai with Rs 90,000 bribe said police. Earlier, the government had made the decision of acquiring large quantity of solar panel for rural settlement deprived of electricity supply . गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका दुई कार्यकारी अधिकृतलाई घूस लिँदालिँदै अख्तियार कर्मचारीले मंगलबार दिउँसो पक्राउ गरेका छन् । कमलामाई नगरपालिका ६ को स्टल बजारमा रहेको एक पसलबाट गोलन्जोर गाउँपालिका अधिकृत भोला आलेमगरलाई एक लाख ५१ हजार र फिक्कल गाउँपालिका अधिकृत सतिशकुमार भट्टराईलाई ९० हजार नगदसहित अख्तियार महोत्तरी कार्यालयले नियन्त्रणमा लिएको हो । अख्तियारका प्रहरी प्रमुख मुकेश सिंहसहितको टोलीले ती दुवैलाइ ध्रुव इलेक्ट्रोनिक्स पसलबाट पक्राउ गरेको थियो । गाउँपालिकामा सोलार जडानका लागि चेकबाट भुक्तानी गरी उनीहरूले नगद लिएका थिए । जिविसका अनुसार गाउँपालिकाको पूर्वाधार विकासका लागि एकमुष्ट अनुदान सोझै कोलेनिकामार्फत गएको थियो । सोही रकममध्येबाट ५,५ लाख गाउँपालिका कार्यालयमा सोलार जडान लागि छुट्याइएको थियो । सोही रकममा सोलार खरिदका लागि ध्रुव इलेक्ट्रोनिक्सलाई ती दुवै गाउँपालिका अधिकृतले सम्झौता गरेका थिए । सोलार खरिदको कमिसनबापत उक्त रकम बुझै गर्दा अख्तियार कर्मचारीले रंगेहात नियन्त्रणमा लिएका हुन् । सुराकीको आधारमा घूस लिएको नगदसहित अख्तियारले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक सिंहले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis