Incident Reports

Demanded action against the attacker of Journo Tiwari

2017-06-05

Madhes, Parsa, Birgunj

A team led by the FNJ chairperson Shyam Banjara met with the chief of District Police Office on June 6 and demanded for the action against those involved in an attack of chairperson of Press Chautari Nepal and vice-chairperson of FNJ Parsa Anup Tiwari by sprinkling mobile and beating him while he was having lunch. A group of three to four people abused him on June 5. FNJ Parsa has lodged a complaint at DPO on June 6 against Sujit Giri of Birjung-12, Krishna Chaurasiya of Birjung-13 and Ajaya Babu Safi for their involvement in attack. The federation has warned for the agitation if the accused are not arrested. K.C Lamichhane प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एंव नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्याक्ष अनुप तिवारीमाथि दुव्र्यवहार र आक्रमण भएको छ। वीरगन्जको छपकैयामा रहेको मालपोत कार्यालय छेउमा रहेको एक होटलमा सोमबार राति आफ्ना साथीसंग खाजा खाँदै गरेका बेला तिवारीलाई आठ जनाको संख्यामा आएका युवाको समूहले आक्रमण गरेका हुन्। राति साढे आठ बजे तिर होटल भित्र छिरेका तीन जना युवाले पत्रकार तिवारीको मुख र जीऊमा मोबिल खन्याउदै सलाई बालेर आगो लगाउने प्रयास गर्दा पत्रकार तिवारीसंग रहेका साथीहरुले प्रतिवाद गरेपछि आक्रमण गर्ने युवा मोटरसाइकलमा चढेर भागेका थिए। ‘होटलमा म आफ्ना सहकर्मीसंग बसेर खाजा खाइरहेको थिएँ, साढे आठ बजे तिर चार वटा मोटरसाइकलमा आएका आठ जना मध्ये तीन जना होटल भित्र छिरे अनि त मधेस विरोधी पत्रकार हो, मधेसीको विरुद्धमा खुब समाचार लेख्छस् भन्दै बट्टाको मोबिल मेरो अनुहार र जीउमा खन्याई दिए’, पत्रकार तिवारीले भन्नुभयो, ‘आक्रमण गर्ने मध्ये तीन जना सुजित गिरी, एजाज बाबु राँकी र कृष्ण चौरसीयालाइ मैले चिनेको छु।’ सुजितले केही दिनदेखि मधेस विरोधी समाचार लेखेको भन्दै फेसबुक मार्फत आफूलाई अनेक अपशब्द र गाली गलौज गर्दै धम्की पनि दिँदै आएको पीडित पत्रकार तिवारीले बताउनु भयो। नेकपा एमालेका तत्कालीन केन्द्रीय सदस्य समेत रहेका सुजितका बुबा प्रहलाद गिरी एमाले छाडेर फोरम नेपालमा प्रवेश गरेको समाचार लेखेकै निहुमा उनका छोरा सुजितसहितका युवाहरुले सोमबार राति आक्रमण गरेको पत्रकार तिवारीले बताउनु भयो। पीडित पत्रकारले आफूमाथि भएको आक्रमणमा संलग्नविरुद्ध कार्वाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिनु भएको छ। तिवारीले पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहलाइ भेटेर जोहेरी दिनु भएको हो। मंगलबार पर्साका पत्रकारले समेत सुरक्षाको माग गर्दै पत्रकार तिवारीमाथि भएको आक्रमणको भत्सना गरेका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अगुवाइमा प्रहरी कार्यालयमा पुगेका पत्रकारले तिवारीमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनामा संलग्नलाइ कार्वाही गर्न माग गरेका हुन्। पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष बन्जराले तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नु भएको छ। पत्रकार तिवारीमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै बुधबार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई पनि लिखित जानकारी गराउने अध्यक्ष बन्जाराले जानकारी दिनुभयो। पत्रकार तिवारीमाथि भएको आक्रमणको विरोधमा मधेस मिडिया मिसन पर्साका कार्यवाहक अध्यक्ष प्रमोद यादव, मेची माहाकाली मिडिया सोसाइटीका अध्यक्ष जितेन्द्र साह र तराई मिडिया एशोसिएसन नेपालका सचिव दीपेन्द्र सिंहले पनि विज्ञप्ती जारी गरेर दोषीलाइ कार्वाही गर्न माग गर्नु भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments