Incident Reports

UML cadres vandalise party office

2017-06-06

Province 1, Udayapur, Chaudandigadhi, Ward 6

Disgruntled CPN-UML activists on Tuesday vandalised their party's municipal committee office at Beltar Bazaar in Udaypur. Documents and furniture were burnt. The cadres were enraged with the party's choice of candidate as it differed from the committee's recommendation for the mayoral post. The party had picked Narendra Kumar Raut, a manpower operator in the capital as the party's mayoral candidate. Disgruntled cadres chanted slogans and vadalised the windows,doors, furniture and documents at the office. Earlier they had locked the office and held a corner meet for a while. उदयपुरको चौदण्डी नगरपालिकास्थित एमाले नगर कमिटीले मेयर पदका लागि सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उम्मेदवार बनाएको भन्दै आक्रोशित कार्यकर्ताहरूले जेठ २३ गते पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै तालाबन्दी गरी कालो झण्डा राखेका छन् । आक्रोशित कार्यकर्ताहरूले चौदण्डी नपा-६ स्थित बेल्टारमा रहेको पार्टी नगर कमिटीको कार्यालय तोडफोड गरेपछि कार्यालयभित्र रहेका दुई थान कुर्सी समेत जलाएका छन् । पार्टीको नगर कमिटीमा तालाबन्दी गरिएपछि कार्यकर्ताहरूले बेल्टार बजारमा प्रदर्शन गर्नुका साथै कोणसभा गरेका थिए । आन्दोलित कार्यकर्ताहरूले प्रदेश कमिटीले गरेको निर्णय नसच्याएसम्म ताला नखोलिने र प्रदेश कमिटीद्वारा घोषित उमेदवारलाई पनि नगर क्षेत्रभित्र प्रवेश गर्न नदिने अडान राखेको सञ्चारकर्मी केदार कटुवालले बताए । कुर्सी जलाउन थालेपछि भीड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पार्टी भित्रको आन्तरिक विवादका कारण कालोझण्डा राख्ने र तालाबन्दी गर्ने काम भएको इन्सपेक्टर चौधरीले बताए । नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडेल र कालु लामालाई मेयर पदका लागि सिफारिस गरेको थियो । नगर कमिटीबाट सिफारिस भएका चार जनामा जसलाई टिकट दिएपनि विवाद सृजना हुने र अन्तरघात हुने सम्भावना रहेको जनाउँदै एक नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई उम्मेदवार बनाउने भनी नाम सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको जनाइएको छ । प्रदेश कमिटीको उक्त निर्णयसँगै स्थानीय कार्यकर्ताले सिफारिसमा परेका चार जनालाई घेरा हाली चारमध्ये एक जना सर्वसम्मत नभएसम्म पार्टी कार्यालयबाट निस्कन नदिने भन्दै दुई घण्टासम्म पार्टी कार्यालयभित्रै थुनेका थिए । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments