Incident Reports

APF DSP accused of beating locals

2017-06-07

Gandaki, Gorkha, Palungtar, Ward 1

Locals of Palungtar municipality-1 in Khoplang Beltar accused armed police of beating the youths in their area without any reason. (APF) Armed Police Force's DFP Rajendra Shrestha who was patrolling the area on June 7 was accused by locals of beating the youths the same night. 16 years old Milan Shrestha, 18 years old Nirmal Rana, 18 years old Manoj Tamang of palungtar municipality suffered minor injuries by the beating. According to APF, the local youths had obstructed and stopped the patrol vehicle of APF around 10:30 p.m on 7th June and the locals are unnecessarily making it an issue. सशस्त्र प्रहरीले युवाहरूलाई बिनाकारण कुटपिट गरेको पालुङटार नगरपालिका-१ खोप्लाङ वेल्टारका स्थानीयहरूले आरोप लगाएका छन् । जेठ २४ गते गस्तिमा गएका सशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठले बिनाकारण युवाहरूलाई कुटपिट गरेको स्थानीयहरूले आरोप लगाएका हुन् । कुटपिटबाट पालुङटार नगरपालिका-१ खोप्लाङका १६ वर्षीय मिलन श्रेष्ठ, १८ वर्षीय निर्मल राना, १८ वर्षीय विवेक लामा र १८ वर्षीय मनोज तामाङ सामान्य घाइते भएका छन् । अहिले उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिना कारण युवाहरूलाई कुटपिट गरको भन्दै स्थानीयहरू आक्रोशित बनेका थिए । आफूहरू गफ गरेर बसिरहेको ठाउँमा आएर डिएसपीले कुटपिट गरेको घाइते मध्येका मिलनले बताए । स्थानीय युवाहरूले राति साँढे १० बजेसम्म सशस्त्रका डिएसपी श्रेष्ठ सहित गस्तिमा गएका प्रहरी र गाडी रोकेका थिए । सशस्त्र प्रहरीले भने सामान्य घटनालाई स्थानीयहरूले विवाद गरेको जनाएको छ । राति १० बजे घटनास्थल पुगेको जनपथ प्रहरी टोलीले घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै डिएसपी सशस्त्र प्रहरी र गाडी छुटाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 4
Youth Injured 4
INSEC

0 Comments