31-year-old Dhanbahadur Rai has been arrested on accusation of beating 17 years old 'child' cadre of Nepali Congress Arjun Raut of Haleshi Tuwachung municipality ward no 2 Dikuwa. Rai was arrested on 8 June. According to DSP of district police office Nabin Kishor Pradhan, further investigation is being carried in the matter. He also stated that Raut who has been severely injured by the beating of Rai has been taken to Durchim health post for further treatment. Raut has deep injuries in his eyes and back.
The fight started over a dispute among cadres of Nepali congress and UML regarding party's flag. On 7 June cadres of both parties were sitting for discussing on the issue after which the fight started.
हलेसी तुवाचुङ नपा-२ स्थित डिकुवाका नेपाली काङ्ग्रेसका ‘बाल’ कार्यकर्ता १७ वर्षीय अर्जुन राउतमाथि कुटपिट गरेको आरोपमा सल्ले गाविसस्थित एमालेका कार्यकर्ता ३१ वर्षीय धनबहादुर राईलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते भएका राईको दुर्छिम इलाका स्वास्थ्य चौकीमा उपचार भइरहेको र घाइतेको आँखा र ढाडमा गहिरो चोट रहेको डिएसपी प्रधानले बताए ।
घरमा पार्टीको झण्डा राखेको विषयमा जेठ २३ गते काङ्ग्रेस र एमाले कार्यकर्ताबिच विवाद उत्पन्न भएकोमा जेठ २४ गते दुवै पार्टीका कार्यकर्ताहरू बसेर छलफल गरी विवाद नगर्ने सहमति गरेकोमा उक्त सहमतिको केही समयपछि पुनः विवाद भएपश्चात कुटपिट भएको बताइएको छ ।