Incident Reports

Journo Seeks Security against Threat

2013-05-28

Sunsari/May 28 Correspondent of Annapurna Post Daily Somnath Bastola, on May 28, has sought safety against the threat issued by the NC Itahari City President Hemkarna Paudel. Organizing a press meet in Itahari on May 25, Paudel had defended NSU central member Surya Rai (Kande) who is in the most wanted list of the police and accused Annapurna Post of regularly publishing news against Rai. Bastola has appealed INSEC Sunsari, Federation of Nepali Journalists, Press Chautari Nepal, Press Union Nepal and other organizations to make environment for his safety. NC Sunsari president Rajiv Koirala has said that his attention was drawn by the attention. Sukdev Chaudhary सुनसरी । जेठ १४ गते नेपाली काङ्ग्रेसका इटहरी नगरसभापति हेमकर्ण पौडेलले अन्नपूर्णपोष्टका संवाददाता सोमनाथ बास्तोलालाई समाचारको विषयमा दिएको धम्की विरुद्ध पीडितले जेठ १४ गते सुरक्षाको वातावरण मिलाई दिन अपिल गरेका छन् । गत जेठ ११ गते इटहरीमा एक पत्रकार सम्मेलन गरी पौडेलले विभिन्न आपराधिक घटनामा प्रहरीको मोस्टवान्टेडको सूचिमा रही पक्राउ परेका नेविसंघका केन्द्रीय सदस्य सूर्य राई (काँडे)को सम्पूर्ण बचाउ गर्दै उनको बिषयमा निरन्तर समाचार प्रकाशन गरेको भन्दै अन्नपूर्णपोष्ट र सम्वाददाता बास्तोला विरुद्ध उनले अभिव्यक्ति दिएका थिए । संवाददाता बास्तोलाले इन्सेक सुनसरी नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल लगायतका संघसंगठनसँग आफ्नो जिउज्यानको सुरक्षाको वातावरण मिलाइदिन अपील गरेको हो । नगर सभापति पौडेलले दिएको धम्कीको बिषय बाहिर आएपछि नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइरालाले घटनाको बिषयमा ध्यानाकर्षण भएको जनाएका छन् । सुकदेब चौधरी

0 Comments