Incident Reports

RJP-N cadres vandalized program venue in Mahottari

2017-06-13

Madhes, Mahottari, Jaleswor

Cadres of RJP-N vandalised program venue of one day orientation program organized by Nepal Madhesh Foundation in Nepal Red Cross Office, Jaleshwor Municipality. मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम बिथोलेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपाल मधेस फाउन्डेसनले मङ्गलबार जलेश्वरस्थित रेडक्रस सभाहलमा ‘सामाजिक जवाफदेहिताका लागि औजारसम्बन्धी एकदिने अभिमुखीकरण’ कार्यक्रम गरिरहेको बेला राजपाका आठ/दश कार्यकर्ता कार्यक्रमस्थलमा गएर तोडफोड गर्दै कार्यक्रम बिथोलेका थिए । राजपा कार्यकर्ताले सो कार्यक्रममा प्रयोग गरिएका डेल कम्पनीका आई फाइव ल्यापटप थान एक, कुर्सी थान एक तोडफोड गरेका थिए भने कार्यक्रमको ब्यानर झिकेर आगो लगाएर नष्ट गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी टोलीले थप क्षति हुनबाट जोगाएको थियो भने कार्यक्रम बिथोल्ने र तोडफोड गर्ने राजपा कार्यकर्ता फरार भएको नेपाल मधेस फाउन्डेसन महोत्तरीका संयोजक अर्जुनकुमार साहले बताउनुभयो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media , Other Sources , Local Newspaper - Mahottari

0 Comments