Incident Reports

Election activities obstructed

2017-06-14

RJP-N supporters obstructed the election campaign of the other parties in Nawalparasi district on Wednesday. They barred the candidate from organising campaign rallies and gathering. in Parasi, the district headquarters and four village councils. RJP-N, which has threatened to obstruct the June 28th election, has enforced a banda in several Tarai district to press the government to address its demands with the elections only two weeks away, the other political parties unable to campaign freely. On Wednesday, RJP-N cadres gathered at streets and main thoroughfares of Nawalparasi and chanted slogans against the government. The banda greatly affected the normal life of people in Nawalparasi particularly, at Mahespur, Kudiya, Pratapur, Rupauliya, Somani, Susta, Paklihawa, Guhiprasauni, Tilakpur and Badalpur. Shops, transport service, school were forced shut. निर्वाचनविरोधी गतिविधिमा सक्रिय राष्ट्रिय जनता पार्टीले आव्हान गरेको बन्दका कारण दोस्रो दिन बुधबार निर्वाचनमा होमिएका दलहरुले प्रचार गर्न पाएका छैनन् । सदरमुकाम परासी र आसपासका ४ वटा गाउँपालिकामा राजपाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेर उम्मेदवारलाई प्रचार गर्न रोक लगाएका छन् । लगातार दोस्रो दिन (बुधवार)को बन्दका कारण मतदातामा त्रास बढेको छ । सदरमुकामको रामग्राम नगरपालिका र ४ वटा गाउँपालिकामा प्रचारमा अवरोध पुर्‍याएका छन् । बन्दले परीक्षा नजिकिएका विद्यार्थीहरु पढाइबाट बन्चित भएका छन् । यहाँका विद्यालयमा असार पहिलो साताबाट परीक्षा छ । निर्वाचन बिथोल्ने उद्देश्यले राजपाले जेठ ३० देखि असार २ गतेसम्म (४ दिन ) आमहड्तालको आव्हान गरेको छ । बन्दले असार १ देखि हुने भनिएको कक्षा ११ को परीक्षा अन्योलमा परेको छ । ५ नम्बर प्रदेशमा पर्ने (पश्चिम नवलपरासी) सदरमुकाम परासी, महेशपुर, कुडिया, प्रतापपुर, रुपौलिया, सोमनी, सुस्ता, पक्लिहवा, गुठिप्रसौनी, तिलकपुर, बैदौलीलगायतको क्षेत्रमा बुधबार बिहानैदेखि प्रचारमा निस्केका उम्मेदवारलाई बन्दकर्ताले ठाउँठाउँमा अवरोध गरेका छन् । दिउँसोसम्म कतै अप्रीय घटना भने भएको छैन । निर्वाचन क्षेत्रमा बन्दका कार्यकर्ताले पार्टीका झन्डा र प्रचार सामाग्री (पर्चा, पम्प्लेट, स्पीकर) लिएर हिँड्न दिएका छैनन् । ठाउँठाउँमा बन्दकर्ताले टायर बालेर भित्री राजमार्ग अवरोध गरेका छन् । प्रतापपुर गाउँपालिका अध्यक्षका उम्मेदवार राजकुमार शर्माले बन्दकर्ताको अवरोधका कारण प्रचारमा निस्कन नपाएको बताए । उनले पार्टिका झन्डा देख्नासाथ खोस्न थालेकाले प्रचारमा निस्कन नसकेको बताए । लगातार मंगलबार र बुधबारको बन्दले मतदाता पनि त्रसित बनेका छन् । दलका नेताहरु प्रचारमा घरमा आएको देखेर बन्दविरोधीको तारोमा परिएलाकी भन्ने त्रास बढेका परासीका स्थानीय कोपिलाल सेन्चुरी बताउँछन् । महेन्द्र राजमार्गमा खुकुलो सदरमुकाम र सिमावर्ती क्षेत्रमा प्रचार गर्न नपाएपनि महेन्द्रराजमार्गसँग जोडिएका गाउँमा प्रचारमा भने अवरोध छैन । राजपाका जिल्ला संयोजक पुरन चौधरीले राजमार्गसँग जोडिएका स्थानमा बन्द गराउन नगएको बताए । उनले राजमार्गसँग जोडिएका क्षेत्रमा बन्द गराउँदा देशभरीका यात्रु समस्यामा पर्ने भएकाले त्यतातिर आफूहरुले खुकुलो गरे पनि सदरमुकाम र सिमावर्ती क्षेत्रमा ठप्प पारेको बताए । निर्वाचनमा गाडीमा प्रचार गर्न नदिइने उनले जानकारी दिए । राजमार्गमा जोडिएका सुनवल र बर्दघाट नगरपालिकाका (राजमार्ग उत्तर तर्फका क्षेत्रमा ) भने दलहरु प्रचारमा खटिएका छन् । नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र चौधरीले सबै निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको दाबी गरे । प्रदेश नम्बर ५ मा पर्ने नवलपरासीका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामध्ये २ वटा नगरपालिकामा डराइडराइ प्रचार गरिए पनि अन्यत्र सुनसान छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments