Incident Reports

School padlocked for beating a student

2017-06-16

Lumbini, Palpa, Tansen, Ward 11

Locals of Bandi Pokhara in Tansen municipality-11 of Palpa district have padlocked a school demanding action against the principal of a school who allegedly broke the hand of a student for running into a minor fight with another student. Bikram Bamre of class four was beaten by principal Yadav Prasad Ghimire on Friday for fighting with his friend while playing. His hand was broken in the beating. Parents have blamed the principal that he has beaten 12 students to injuries. Previously two of the student has broken their hand in the beating, while 3 of the student has brushes in their head and body. but the accused principals Ghimire have claimed that the Bikram broke his hand after he fell down on the ground while playing. विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई कारबाहीको माग गर्दै बन्दीपोखरा पाल्पाका स्थानीय बासिन्दाले विद्यालयमा तालाबन्दी गरेका छन् । तानसेन–११ मा रहेको गार्गी मावि बन्दीपोखराका प्रधानाध्यापक यादब प्रसाद घिमिरेले चार कक्षाका विद्यार्थी बिक्रम बम्रेललाई कुटेर हात भाँचिदिएको घटनापछि स्थानीय बासिन्दा आन्दोलित भएको विद्यालय ब्यवस्थापन समितिका सदस्य भिम कार्कीले बताउनुभयो । गएको शुक्रबार शिक्षकको कुटाईबाट हात भाँचिएका बिक्रम लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारपछि घर फर्किएका छन् । विद्यार्थी खेल्ने क्रममा भएको सामान्य झगडाको निहुमा सरले पिटेको विद्यार्थी बम्रेलको भनाई छ। यसअघि पनि प्रधानाध्यापक घिमिरेले १२ भन्दा बढी विद्यार्थीलाई कुटेर घाइते बनाएको कक्षा १० का विद्यार्थी रोशन ठड्राईले जानकारी दिनुभयो । पाच वर्षको अवधीमै दुई जनाको हात भाचिदिएको, ३ जनालाई टाउको र शरिरका बिभिन्न भागमा कुटेर बेहोस बनाएको लगायतका घटना भएको अभिभावक मिन बहादुर थापाले बताउनुभयो । विद्यालयको शैक्षिक स्तर बढ्नुको साटो झन खस्किएको र विद्यार्र्थीले पिटाई खाने क्रम नरोकिएको भन्दै सोमबार अभिभाबकहरुको भेला बसेर विद्यालयमा तालाबन्दी गरेको शिक्षक अभिभावक संघका अध्यक्ष अशोक घिमिरेले जानकारी दिनुभयो । आरोपित शिक्षक घिमिरेले भने खेल्नेक्रममा विद्यार्थी आफै लडेको प्रतिकृया दिनुभएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत रेशम न्यौपानेले मंगलबार विद्यालय पुगेर घटनाको बारेमा सत्य कुरा बुझ्ने र समस्या समाधानको पहल गर्ने बताउनुभयो । विद्यार्थी कुट्ने शिक्षकलाई कडा कारबाही संगै अन्यन्त्र सरुवा नगरेसम्म विद्यालयमा लगाईएको ताला नखोल्ने अभिभावकले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments