Incident Reports

Panchthar DEO sub-engineer caught red-handed with Rs 1.25 lakh bribe

2017-06-20

The Commission for the Investigation of Abuse of Authority, Itahari has caught a person red-handed with Rs 125, 000 bribe in Panchthar on Tuesday. A team despatched from the CIAA Regional Office, Itahari, had raided the Panchthar District Education Office and arrested a sub-engineer Manoj Kumar Yadav in the act of taking the inducement from a local school authorities. Yadav had demanded the bribe promising the authorities that he would prepare the construction completion report without completing the school building construction. घुस लिँदै गर्दा जिल्ला शिक्षा कार्यालय पाँचथरका सब–ईञ्जिनियर मनोजकुमार यादवलाई मंगलबार शिक्षा कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको छ । एक विद्यालयका प्रधानाध्यापकबाट एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा इटहरीबाट खटिएको अख्तियारको टोलिले यादवलाई पक्राउ गरेको हो । २०७० सालमा पाँचथरको एक विद्यालयमा चार कोठे पक्कि भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख बजेट छुट्टिएको थियो । ३० प्रतिशत रकम समुदायबाट उठाएर भनव निर्माण गर्नुपर्ने भएतापनि त्यो रकम समुदायबाट नउठेपछि निर्धारित समयमा भवन निर्माणको काम सम्पन्न हुन सकेको थिएन । समयमै भवन सम्पन्न नभएपछि जिल्ला शिक्षा कार्यालयले एक लाख ६० हजार रुपैयाँ रोक्का गरेको थियो । रोक्का भएको रकम निकासा गर्न र भवनको प्राविधिक रिपोर्ट तयार पारिदिने भन्दै यादवले विद्यालयका प्रधानाध्यापकबाट एक लाख २५ हजार रुपैयाँ घुस मागेका थिए । घुस लिँदै गर्दा अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको हो ।

0 Comments

Related Reports
Related Trend Analysis