There was a clash between the cadres of CPN UML and Nepali Congress on June 22 at Patle of Molung village council-7.
The clash started over the dispute of tearing the posters of NC candidate by the cadres of CPN UML led by candidate Geli Sherpa.
The condition of the injured is unknown as the communication could not be established and police are yet to reach the incident site according to inspector Tika Karki
Shiva Prasad Dhungana
ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेमा बिहीबार बिहान एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित अन्य दुई जना घाइते भएका छन् । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएको जनाइएको छ ।
कांग्रेस उम्मेदवारले टाँसेको प्रचार सामाग्री एमाले कार्यकर्ताले च्यातेको आरोपमा कांग्रेस वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्द्रिय सदस्य दीपक फुयलले बताउनुभयो । घटनका बारेमा प्रहरीलाई जानकारी गराई सकेपनि प्रहरी चौकी टाढा भएकोले अझ नपुगेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रहरी निरीक्षक टिका कार्कीले आफूले थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल तर्फ पठाएको बताउनुभयो । घटनास्थल टाढा भएकोले प्रहरी पुगिनसकेको र थप विवरण प्राप्त नभएको कार्कीको भनाइ छ ।