(updated)
A school head teacher has been shot at while he was on way to school today. Fifty-year-old Narendra Kumar Sharma, head teacher at Bilatsaha Sarvodaya Secondary School, Sinurjoda, Laxminiya Rural Municipality in the district was shot at by two motorcycle-borne unidentified assailants, police said.
Sharma came under fire on the road to the west of local Laxminiya Chok at 6.30 am when he was heading towards the school from his house at Janakpur Sub-metropolitan City-7.
Sharma has sustained bullet injuries to his cheek and is said to be in serious condition. He has been admitted to the Janakpur Zonal Hospital for treatment.
Superintendent of Police at Dhanusha District Police Office, Lalmani Acharya said investigation is on in this connection. Arrangements are being made to airlift Sharma to Kathmandu for further treatment, it is learnt. RSS
धनुषा विद्यालय जाँदै गरेका एक शिक्षकमाथि आइतबार गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका ५२ वर्षीय शिक्षक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । अर्का आनन्दकुमार मण्डलले चलाएको मोटरसाइकलको पछाडि सवार शर्मामाथि विद्यालय नजिक एकान्त ठाउँ पुगेको बेला बिहान करिब पौने ७ बजे अज्ञात समूहबाट गोली हानिएको हो ।
शर्माको कन्चटमा गोली लागेको छ । गोली दाँतमा अड्किन पुगेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । अहिले जनकपुर अञ्चल अस्पतामा उपचारमा राखिएका घाइते शिक्षकलाई काठमाडौं पठाउन हेलिकप्टर मगाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
update..........................................
विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका सिनुरजोडा स्थित विलट साह सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो।
असार ११ गते जिरोमाइल स्थित आफ्नो घरबाट विद्यालय गइरहेको बेला लक्ष्मीनिया चौकबाट पश्चिम सुनसान सडकमा प्रअ शर्मामाथि गोली प्रहार गरिएको थियो। विद्यालयका शिक्षक आनन्दकुमार मण्डलले चलाइरहेको मोटरसाइकलको पछिल्लो सीटमा बसेर विद्यालय गइरहेको अवस्थामा अर्को मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले शर्मामाथि गोली प्रहार गरेका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा महोत्तरीको पिपरा निवासी राजु उपनाम रहेको राजकिशोर मण्डल, जनकपुर उपमहानरपालिकाका गणेश साह र रौतहट घर भएका साहिलकुमार चौधरीलाई नियन्त्रणमा लिएको हो।
तीन दिनअघि नियन्त्रणमा लिइएका तीनै जनाविरुद्ध मंगलबार जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरी म्याद थप गरिएको हो। प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धाबाट नियन्त्रणमा लिइएका मण्डल र साह घटनाका मुख्य योजनाकारको रुपमा देखिएको हुन्।
शर्मा र मण्डलबीच पैसाको लेनदेनको कारण गोली प्रहार गरी हत्याको प्रयास गरिएको हालसम्मको अनुसन्धानमा खुलेको प्रहरी स्रोतका दाबी छ।
शर्माको पैसाले जग्गा कारोबार गर्दै आएका मण्डलले पैसामा हिनामिना गर्ने उद्देश्यबाट यस्तो घटना गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रअ शर्मा पनि जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएको बुझिएको छ। घटनाको योजनाकारको रुपमा तीन जनालाई नियन्त्रणमा लिइए पनि गोली प्रहार गर्ने शुटरहरु हाल पनि फरार छन्।
बाँया गालामा गोली लागेर गम्भीर घाइते भएका शर्मालाई हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं पठाइएको थियो। उनको उपचार हाल काठमाडौंमै भइरहेको छ।