Incident Reports

Abductors posing themselves as Biplav Maoist land in police net

2017-06-24

Bagmati, Kathmandu, Tokha, Ward 3

Police have rescued two persons from the clutches of abductors in Kathmandu on Sunday. The abductors, who posed themselves as Biplav Maoist cadres, had kidnapped Gopal Babu Shrestha (61) of Ramechhap, currently residing in New Bus Park of Kathmandu, and Kavita Dahal (42) of Jhaukhel in Bhaktapur yesterday. According to a press statement issued today, police have arrested four persons involved in the incident. They had abducted Shrestha and Dahal separately at around 10:00 pm yesterday. Police arrested Shakti Bishwakarma (28) of Dolakha district and currently residing in Bhaktapur; Madan Krishna Maharjan (32) and Anju Deula Maharjan (32) of Sunar village in Kalanki; and Anju Bharati (34) of Nagarjun Municipality. Shakti and Madan had taken Shrestha to a hotel, where he was working for the past nine months, to get his documents. Police rescued him in the meantime. Similarly, police raided the Bagbazar-based youth organisation of the Biplav Maoist and rescued Dahal, who was held captive by Anju and Bharati. It has been learned that the kidnappers had forcefully taken their targets in a cab. Motives behind the incidents are yet to be known. Two other suspects involved in the crime are at large, informed police. राजधानीको गोंगबु, नयाँबसपार्कको एक होटलमा नौ महिनादेखि बसिरहेका जडीबुटी व्यापारी दम्पती कविता दाहाल र गोपालबाबु श्रेष्ठ शनिबार बिहानै होटलबाटै अपहरणमा परे । सूचना पाउनासाथ खटिएको महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई तीन घण्टामै मुक्त गर्‍यो । अपहरणमा संलग्न विप्लव माओवादीसम्बद्ध शक्ति विश्वकर्मा र उनलाई सघाउने अन्य तीन जना पक्राउ परे । योजना बनाउने विप्लव माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङ र राजेश भन्ने कार्यकर्ता बेपत्ता छन् । राजधानीमा भएको अपहरणको यो पछिल्लो घटना अपहरणका अन्य घटनाभन्दा केही फरक छ । फसेको रकम उठाइदिएर कमिसन खाने धन्दामा विप्लव माओवादीका कार्यकर्ता कसरी संलग्न छन् भन्ने तथ्य उजागर गर्छ यस घटनाले । अपहरणको यो खेल तीन वर्षअघिको घटनासँग जोडिएको छ । कलंकी, सुनारगाउँका मदनकृष्ण महर्जन र अञ्जु देउला महर्जन दम्पतीले कालीमाटीमा रहेको कस्मेटिक पसल साढे तीन लाख रुपैयाँमा बेचेका थिए । पसल खरिद गरेकी थिइन्, भक्तपुर चाँगुनारायण नगरपालिका झौखेल २ की कविता दाहालले । कविताले आफ्नी छोरीका लागि भन्दै उधारोमा पसल किनिदिएकी थिइन् । जडीबुटी व्यापारमा संलग्न कविता र गोपालले महर्जन दम्पतीलाई पसल किनेबापतको रकम लामो समयसम्म तिरेनन् । बरु उल्टै जडीबुटीमा लगानी गरे मनग्य कमाइ हुने भन्दै थप ५ लाख रुपैयाँ फुस्काए । त्यति मात्र होइन, महर्जन दम्पतीमार्फत अञ्जु भारतीबाट पनि १० लाख रुपैयाँ हात पार्न सफल भयो यो दम्पती । यसरी साढे १८ लाख रुपैयाँ लिएपछि कविता र गोपाल महर्जन दम्पतीको सम्पर्कबाट टाढिन थाले । पैसा तिर्ने भाका कैयन् पटक गुज्रिए पनि उनीहरूले रकम फिर्ता गरेनन् । बरु उल्टै तर्केर हिँड्न थाले । स्रोतका अनुसार फसेको रकम उठाउन महर्जन दम्पती र भारतीले कालीमाटी प्रहरीचौकीमा पनि उजुरी दिएका थिए । तर प्रमाण अभाव भन्दै प्रहरीले मुद्दाको अनुसन्धान अगाडि बढाएन । रकम नउठेपछि आत्तिएका उनीहरू विप्लव माओवादीका कार्यकर्ता राजेश भन्ने व्यक्तिको सम्पर्कमा पुगे । राजेशले उनीहरूलाई विप्लव माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङसँग भेटाइदिए । अपहरण गरेर भए पनि फसेको पैसा उठाइदिने र त्यसबापत कमिसन लिने सर्तमा रजमान र राजेशले अपहरणको योजना बनाएका थिए । त्यसमा सघाउन भने उनीहरूले विप्लव माओवादीमा आबद्ध शक्ति विश्वकर्मालाई पनि प्रयोग गरेका थिए । योजनाअनुसार शनिबार बिहान १० बजे यो टोली महर्जन दम्पती र भारतीलाई लिएर कविता र गोपाल बसेको होटल पुगेको थियो । अपहरणपछि उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँ घुमाउँदै पकनाजोल पुर्‍याइएको थियो । पकनाजोलमा शंका हुने देखेर पुतलीसडकस्थित शंकरदेव क्याम्पसछेउको राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यालयमा पुर्‍याइयो । प्रहरी स्रोतका अनुसार रजमानले दाहाल दम्पतीसँग ९६ लाख रुपैयाँ तिर्न बाँकी रहेको कागज गराउने तयारी थालेका थिए । तर त्यस्तो कागज गर्नुअघि होटलमा रहेको केही कागजात ल्याउनुपर्ने भनेपछि गोपाललाई लिएर शक्ति र मदनकृष्ण होटलमै पुगे । अञ्जु, भारती र कविता कार्यालयमै बसे । होटल पुगेका तीनै जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्‍यो । कवितालाई भने अञ्जु र भारतीको टोलीले अन्तै सार्न लागिरहेका बेला प्रदर्शनीमार्गबाट प्रहरीले नियन्त्रणमा लियो । मुख्य योजनाकार रजमान र राजेश फरार छन् । अपहरणकारी र अपहरित दुवै पक्षलाई महानगरीय अपराध महाशाखाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अपहरणमा परेका दम्पतीमाथि काठमाडौं प्रहरी परिसरमा समेत ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । काभ्रे, धुलिखेलका माधवप्रसाद श्रेष्ठ र मञ्जु श्रेष्ठ दम्पतीबाट पनि उनीहरूले २७ लाख रुपैयाँ र ६५ तोला सुन लगेको भन्दै ३ असारमा उजुरी परेको थियो । प्रहरीले अपहरणमुक्त भएका दुवै जनालाई ठगीको आरोपमा मुद्दा चलाउने तयारी थालेको छ । अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार व्यक्तिगत फाइदाको लोभमा अपहरणको प्रयास भएको देखिन्छ । फसेको रकम उठाउने नाममा व्यक्तिको अपहरण गैरकानुनी भएको जनाउँदै उनले भने, ‘जस्तोसुकै काममा पनि कानुन उल्लंघन गर्नेहरू दोषी नै हुन्छन् ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 2
Female Abducted 1
National/Online Media , Local Newspaper - Siraha

0 Comments