Incident Reports

Seven injured in a clash between two student unions.

2013-05-29

Kaski 29 May Pokhra Municipality 16, Seven student injured in a clash between student unions at Lamachour engineer collage. The clash happened during ANNISU tried to padlock the campus as central level activity to halt FSU election. कास्की । जेठ १६ गते पोखरा उमनपा-१६ लामाचौरस्थित इञ्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा जेठ १६ गते विद्यार्थी सङ्गठनबीच भएको झडपमा सात जना घाइते भएका छन् । अनेरास्ववियु क्रान्तिकारीले केन्द्रीय कार्यक्रम अन्तर्गत क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप भएको हो । झडपको क्रममा अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष काभ्रे जिल्ला सर्स्युखर्क गाविस-१ का २० वर्षीय नारायण बडाल, अनेरास्ववियु क्रान्तिकारी जिल्ला सचिवालय सदस्य गोरखा जिल्ला बोर्लाङ गाविस-१ का २१ वर्षीय राम पाण्डे, क्रान्तिकारी जिल्ला सदस्य गोरखा जिल्ला हर्मी गाविस-९ का १९ वर्षीय विकास नेपाली, क्रान्तिकारी इकाई उपाध्यक्ष गोरखा जिल्ला अश्राङ्ग गाविस-५ का २१ वर्षीय रमेश थापा, इकाई सदस्य पोखरा उमनपा-१ सिमपानीका १८ वर्षीय अच्युत भण्डारी र अखिल क्रान्तिकारीका सल्लाहकार कञ्चनपुर जिल्ला महेन्द्रनगर नपा-१९ का २४ वर्षीय हर्क चन्द घाईते भए । घाईतेहरूको टाउँको, खुट्टा, ढाड, हातमा चोट लागेको छ । उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । क्याम्पस प्रमुख नारायण गौतमले विद्यार्थी संगठनवीच भएको विवादका कारण झडप भएको र झडपको क्रममा क्याम्पसमा तोडफोड समेत भएको बताए । जिल्ला प्रहरी कार्यालयले विद्यार्थी संगठनवीच भएको झडपलाई नियन्त्रण लिन सामान्य बल प्रयोग गरिएको र झडपपछि क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको जनायो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis