Rastriya Janata Party Nepal staged a baton rally in Birgunj today protesting against the second phase of local level election scheduled for June 28.
The baton rally was taken out under the leadership of Purushottam Jha, coordinator of Rastriya Janata Party, Parsa.
राजपा नेपाल पर्साले आज वीरगंजमा लाठी जुलुस निकालेको छ ।
चार दिने आम हडतालको समापनमा हिजो लाठी जुलुस निकालेको राजपा नेपाल पर्साले केन्द्रीय कार्यक्रम अन्तर्गत तराई बन्दको पूर्वसन्ध्यामा लाठी जुलुस निकालेको हो । राजपा नेपाल पर्साका संयोजक पुरुषोत्तम झाको नेतृत्वमा घण्टाघरबाट लाठी जुलुस निस्केर नगरपरिक्रमा गरेको थियो ।
लाठी जुलुसमा संविधान संशोधनबिना हुने निर्वाचन स्वीकार्य नभएको भन्दै मधेसको माग पूरा गरेर मात्र चुनाव गर्न माग गरिएको थियो ।
लाठी जुलुसमा महासचिव शिव पटेल, जिल्ला अध्यक्षमण्डलका सदस्य प्रेमबाबू पटेल, नगरअध्यक्ष ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो ।