Incident Reports

Husband Expels Woman from Home

2013-06-02

Morang/June 2 Maimun Khatun, 32, has filed a complaint against her husband Mohammad Alijan, 35, of Kadmaha VDC-4 on June 19 at the District Police Office accusing him of expelling her from home. The victim stated that she had been staying in her maternal home at Bhatigacha VDC-5 after the incident. According to the chief of Women and Children Service Centre of the DPO Suma Karki, Karsiya Police Post has been asked to arrest the accused. Brother of the victim Mohamad Sabir said that the accused expelled Maimun after he married his second wife Semun Khatun. Likewise, Suman Rajbanshi, 21, of Bhatigacha VDC-7 has sought a divorce from her husband at the District Court on June 2. She filed a complaint at the court stating that her husband Rakesh Rajbanshi, 21, beat her and did not take care of her. She has also sought property share from him. Dipen Neupane मोरङ । जेठ १९ गते कदमहा गाविस-४ की ३२ वर्षीया मैमुन खातुनलाई उनका पति ३५ वर्षीय मोहमद अलिजानले कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । घर निकाला गरेपछि पीडित भातिगछ गाविस-५ स्थित माइती घरमा बस्दै आएको उजुरीमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सुमा कार्कीका अनुसार, आरोपितलाई गिरफ्तार गर्न कर्सिया प्रहरी चौकीलाई पत्रचार गरिएको छ । आरोपितले सेमुन खातुनसँग दोस्रो विवाह गरेको कारण जेठी पत्नीलाई खान लाउन नदिएर घर निकाला गरेको पीडितका भाइ मोहमद सविरले बताए । पीडितका दुई ओटी छोरी र एउटा छोरा छन् । यसैगरी, पतिद्वारा कुटपिट गरिएकी भातिगछ गाविस-७ की २१ वर्षीया सुमन राजवंशीले जेठ १९ गते सम्बन्धविच्छेद माग गर्दै जिल्ला अदालतमा उजुरी दिएकी छन् । भातिगछ गाविस-७ का उनका पति २५ वर्षीय राकेश राजवंशीले कुटपिट गरी खानलाउन नदिएपछि पीडितले अंश माग गर्दै सम्बन्धविच्छेद उजुरी दिएकी हुन् । कुटपिटपछि पीडित डेढ हप्तसम्म माइतीमा बसेकी छन् । उनको साथमा एउटा छोरो छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सुमा कार्कीका अनुसार, दुवै पक्षबीच सहमति हुन नसकेपछि पीडितलाई अदालतमा अंश मुद्दाका लागि पठाइएको बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis