Incident Reports

Police Lathi Charge Leaves Dozen Former Kamlaris Injured

2013-06-02

काठमाडौँ । जेठ १९ गते सरकारले आफ्ना जायज मागलाई बेवास्ता गरेको भन्दै मागहरूको सम्बोधनका लागि दबाब दिन सिंहदरवार दक्षिणढोका पुगेका कमलरीहरूमाथि प्रहरीले हस्तक्षेप गरेको छ । कमलरीहरूको "बालिका बचाउँ आन्दोलन तथा कमलरी उन्मूलन कार्यक्रम सङ्घर्ष समिति" अन्तर्गत जेठ १९ गते दिइएको उक्त धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज समेत गरेको छ । लाठी चार्जबाट १० जनाभन्दा बढी आफ्ना साथीहरू घाइते भएको धर्ना कार्यक्रम सङ्घर्ष समितिकी सक्रिय सदस्य राजकुमारी चौधरीले बताइन् । घाइतेहरूको अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा दाङकी उर्मिला चौधरी, कैलालीकी सुजता चौधरी, सीता चौधरी, कैलालीकी कमला चौधरी, रिता चौधरी, निर्मला चौधरी, दीपिका चौधरी, रिदिका चौधरी, एलिसा चौधरी, राजकुमारी चौधरी, सुखदैया चौधरीलगायत रहेका छन् । धर्नामा रहेका पूर्व सभासद सुखदैया चौधरी, राजकुमारी चौधरीलगायत केहीलाई गिरफ्तार गरी महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ । दाङ जिल्ला घर भई ललितपुरस्थित युवराज पौडेलको घरमा कमलरीको रुपमा बसेकी १२ वर्षीया सिर्जना चौधरीको हत्यारालाई कारबाही गरिनुपर्ने, पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कमलरीहरूका लागि परिचयपत्रको व्यवस्था गरिनुपर्ने, उनीहरूका लागि बनेको कानूनी ऐनको संशोधन गरी उचित व्यवस्था अनुसार कमलरीहरूको जल्दाबल्दा समस्याहरूको समाधान गरिनुपर्ने, उनीहरूलाई वार्षिक रुपमा सरकारले वितरण गरेको प्रति व्यक्ति ५ हजार रुपियाँ अपुग भएकोले त्यसलाई बढाउनुपर्ने लगायतका माग राखी जेठ १४ गतेबाट शान्तिबाटिकामा धर्ना कार्यक्रम शुरु गरेका थिए । पाचँ दिनसम्म बाटिकामा धर्ना कार्यक्रम गरेका कमलरीहरूको मागप्रति सरकारले कुनै चासो नदेखाएपछि समितिले थप दबाब सिर्जना गर्न आन्दोलनको स्वरुप परिवर्तन गरी सिंहदरवारअगाडि धर्ना कार्यक्रम सुरु गरेको सङ्घर्ष समिति सदस्य सुखदैया चौधरीले जानकारी दिइन् । यसैबीच, इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कमलरीलाई जेठ १९ गते काठमाण्डौको सिंहदरवार दक्षिण ढोकामा पुरुष प्रहरीहरूद्वारा भएको निर्मम दमनप्रति नेपालगञ्जका अधिकारकर्मीहरूले ध्यानाकर्षण व्यक्त गरेका छन । इन्सेक, बेस, फियान, माइती नेपाल, एडभोकेसी फोरम, सिविन, हिमराइट्स, मुक्त कमलरी विकास मञ्च लगायत एक दर्जन संस्थाले जेठ १८ गते विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको बताएका हुन् । विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलमा रहेका मुक्त कमलरीहरूलाई पुरुष प्रहरीले अमानवीयढङ्गले लछारपछार र कुटपिट गरी १० जनालाई गम्भीर घाईते बनाएको र धर्नामा रहेका ४५ जनालाई पक्राउ गरी हिरासतमा राखेको भन्दै घटनाको भत्सर्ना गरिएको छ । विज्ञप्तिमा घाइतेहरूको निःशुल्क उपचार र पक्राउ परेकाहरूको विनाशर्त रिहाइको मागसमेत गरिएको छ । विवेक ढुङ्गाना Kathmandu/June 2 More than 10 former Kamlaris have been injured in police intervention on June 2 while they were staging a protest in front of the Singha Durbar by putting forth different demands. According to Raj Kumari Chaudhary, member of the struggle committee of the sit-in protest, police lathi charge left more than 10 former kamalris injured. Those among injured are Urmila Chaudhary of Dang, Sujata Chaudhar, Sita Chaudhary, Kamal Chaudhary, Rita Chaudhary, Nirmala Chaduhary, Deepika Chaudhary, Ridika Chaudhary, Alisa Chaudhary, Raj Kumari Chaudhari, Sukhdaiya Chaudhari of Kailali. Former Constituent Assembly member Sukhdaiya Chaudhary, Raj Kumari Chaudhari have been kept at Metropolitan Police Sector Sinhadurbar after arrest. The agitating former Kamlaris have been demanding identity cards to the freed Kamlaris, their proper management and probe into the suspicious death of Srijana Chaudhary in Lalitpur, among others since May 28. Meanwhile, INSEC Mid-western Regional Office reported that Nepalgunj-based rights activitists expresses concern over the police suppression over the former Kamlaris in Kathmandu. Issuing a press statement, INSEC, BASE, Maiti Nepal, Advocacy Forum, CWIN, HimRights and other organizations condemned the mistreatment by male police over the former Kamlaris. Bibek Dhungana

0 Comments

Related Reports
Related Trend Analysis