Incident Reports

3 Communist Party cadres arrested with bombs in Udayapur

2017-06-27

Province 1, Udayapur, Rautamai

Police have arrested three cadres of Communist Party led by Netra Bikram Chand with bombs from a polling station in the district. According to District Police Office, Udayapur, three cadres were arrested with two bombs along with logistics from Raumata Rural Municipality-7 along the Gaighat-Katari alternative road section Tuesday night. The arrested are Tilak Tamang, 32, of Triyuga Municipality-7, Bharat Basnet, 40 of Trinapa-15 and Dhruba Khadka, 45 of Raumata-7, said SP Nagar Bahadur KC. Tamang and Basnet are district committee members while Khadka is a cadre. उदयपुरको रौतामाई गाँउपालिका स्थित मुर्कुची मतदान केन्द्रबाट बमसहित ३ बिप्लब कार्यकर्ता पक्राउ परेका छन् । । उनीहरूलाई २ थान बम र बन्दोबस्तीका सामानसहित गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ का ३२ वर्षीय तिलक तामाङ, सोही नगरपालिका १५ का ४० वर्षीय भरत बस्नेत र रौतामाई ७ का ४५ वर्षीय धु्रव खड्का रहेको प्रहरी प्रमुख एसपी नगरबहादुर केसीले बताए । तामाङ र बस्नेत विप्लब नेतृत्व माओवादीको जिल्ला सदस्य (डिसिएम) हुन् भने खड्का कार्यकर्ता भएको खुलेको छ। उनीहरुको साथबाट २ थान शक्तिशाली सकेट बम फेला परेको छ । सकेटबम सामान्य भन्दा फरक र अलि ठूलो आकारको भएको र विष्फोट भएको खण्डमा ठूलो क्षति हुनसक्ने अनुमान प्रहरीको छ । त्यसैगरी उनीहरूको साथबाट बा २१ प ३७७० नम्बरको १ थान मोटरसाईकल, १ थान गैंती र गुलेली तथा त्यसमा प्रयोग हुने मटेंग्रासमेत बरामद भएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी’ लेखिएको एक ठेली चन्दा रसिद समेत उनीहरुको साथमा भेटिएको छ । मंगलबार रातिः ९ः०० बजे पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि काठमाडौ ल्याइएको छ । बुधबारको दोस्रो चरणको स्थानीय तह चुनाव बिथोल्ने योजना बमोजिम मतदानस्थलमा बम राख्ने योजना बनाउदै गरेको सुराकीको आधारमा छापा मार्दा उनीहरु पक्राउ परेको प्रहरी भनाई छ । यसअघि सोमबार राति मात्र २ जना बिप्लव कार्यकर्ता सदरमुकाम गाईघाटबाट पक्राउ परेका थिए । उनीहरु पक्राउ परेको ३ घण्टापछि स्थानीय बरुवा खोलामा शक्तिशाली सुत्ली बम विष्फोट भएको थियो । छिटफुट आतंकका घट्ना भए पनि समग्र जिल्लाभरी मतदान कार्य भने सुचारु चलिरहेको छ । जिल्लाका ४ गाउँपालिका र ४ नगरपालिकामा शान्तिपूर्वक मतदान कार्य भईरहेको र जनता उत्साहपूर्वक मतदान कार्यमा सहभागी भईरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Morang

0 Comments