Nepali Congress cadres have accused a group of UML cadres lead by UML leader Ram Kumari Jhakri of injuring a Congress cadre by attacking him with Khukuri. According to Congress leader Khildhoj Panthi, Congress cadre Hareram Khatri was injured after being attacked at Myalpokhari polling center in Malika rural municipality.
Police have taken UML leader Jhakri under control on the charge of leading the attack. SP Bhola Bahadur howRawal ,however, said that police had rescued Jhakri to safety after the situation turned tense. He added that although there was a report of a clash further details were yet to be established.
गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा नेपाली काँग्रेसका प्रतिनिधिमाथि खुकुरी प्रहार भएको छ । काँग्रेस प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएको काँग्रेस नेता खिलध्वज पन्थीले जानकारी दिए ।
खत्रीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ । दुई पक्षबीच विवाद हुँदा झाँक्रीलाई सुरक्षित स्थानमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले बताए । मतदानका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घटनाकोबारे विस्तृत जानकारी नआएको प्रहरी प्रमुख रावलले बताए ।
नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताकाअनुसार झाँक्री नेतृत्वको एक समुहले खत्रीसहितका आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।