Incident Reports

Woman thrashed after her semi-nude photo posted on imo

2017-07-04

Madhes, Siraha, Golbazar, Ward 12

A woman was brutally thrashed by her neighbours for uploading a ‘semi-nude’ picture taken while bathing, on a messaging application in Golbazaar Municipality-13, Siraha. Makina Khatun was flogged by her neighbours Mohammad Aalam Miya, Mohammad Jahir Miya and Jahir’s son Kalim with bamboo canes for posting her picture on imo app, last Tuesday. The victim has sustained bruises all over her body. The incident came light when she reached a local clinic for treatment yesterday. According to Dr Dipendra Yadav at the clinic, the victim has suffered cuts and bruises on her thighs, waist, and other body parts. Makina said her neighbour Sanjila took the photo of the victim and Khairul Khatun and uploaded them on the messaging app without their knowledge, some 15 days back. “While I was taking a bath at the hand pump, Khairul came there. Meanwhile, Sanjila arrived. As she was about to take our photo, we told her not to. But I did not know she had taken our photo and posted them on imo,” the victim said. Sahida Khatun, a local, said after the villagers saw the photo on the internet, Jahir Miya locked Sanjila asked his son Kalim to thrash them. On the same evening, Aalam and Jahir thrashed Makina mercilessly. Sahida said when she pleaded the villagers not to beat Makina, they warned her that she would meet the same fate if she protested. The victims said the assailants threatened them not to reveal the incident. “I came to the clinic as no one helped me for treatment”, Makina said. सिरहाको गोलबजार नगरपालिका-१३ दुर्गापुर डङ्ग्राहाका तीन जना महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । उनीहरुलाई नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै गाउँकै मोहम्मद आलम मिया, जाहिर मिया र उनका छोरा कलिमले बाँसको हरियो लठ्ठीले स्थानीय संजिला खातुन, मकिना खातुन र खैरुल खातुनलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटाईबाट मकिनाको शरिरको विभिन्न भागमा ठूलठूला निलडाम लागेको छ । उनको शरिरको पछिल्लो भागको तल खुट्टादेखि गर्धनसम्म ठूलठूला निलडाम बस्नेगरी सार्वजनिक ठाउँका कुटपिट भएको हो । खैरुलको पनि शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरु दुवैजनाको गोलबजार ४ स्थित आकाशगंगा पोली क्लिनिकमा उपचार भइरहेको छ । क्लिनिकका डा. दिपेन्द्र यादवले मकिनाको शरिरको सवैभागमा गम्भीर चोट लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुको शरिरको कुनै ठाउँनै बाँकी छैन, गहिरो चोट पर्नेगरी कुटपिट भएको छ, शारिरीक रुपले पनि बलियो भएकोले महिला बचेका हुन् ।’ घरमै नुहाईरहेको बेला १२/१५ दिन पहिला छिमेकी संजिला खातुनले मकिना र खैरुल खातुनको मोवाइलले फोटो खिचेर इमोमा हालेको मकिनाले बताउनु भयो । मकिनाले भन्नुभयो, ‘म घरकै चापा कलमा नुहाई रहेको थिएँ, त्यहिवेला खैरुल पनि आएर नुहाउन थाली । हामी दुवैजना नुहाएको ठाउँमा संजिला पनि नुहाउन आइ । त्यही वेला उनले मोवाइल चलाई रहेकी थिई, मैले हामी नुहाई रहेका छाैं, फोटो नखिच भनेको थिएँ । उनले पनि खिचदिन भनेपनि फोटो खिचेको रहेछ, त्यही फोटो इमोमा लगाएछ ।’ त्यही फोटो गाउँलेले इन्टरनेटमा देखेपछि संजिला र खैरुललाई २० गते बिहान जाहिर मियाले आफ्नै घरमा थुनेर छोरा कलिमलाई कुटपीट गर्न लगाएको स्थानीय साहिदा खातुनले बताउनुभयो भयो । त्यही दिन वेलुका छलफल गर्नुछ भन्दै मकिनालाई पनि बोलाएर आलम र जाहिरले मरणासन्न हुनेगरी कुटपीट गरेको साहिदाले बताउनु भयो । जाहिर मियाले उहाँहरुको साथमा रहेको मोबाइल खोसेर दुईदिन सम्म नियन्त्रणमा राखेको पनि साहिदाले बताउनु भयो । मियाले उनीहरुको मोवाईलमा रहेको सम्पूर्ण नम्बर र फोटोहरु डिलिट गरेर दुई दिनपछि मोवाइल फिर्ता दिएको जनाएको छ । कुटपिट पछि पनि घटना वाहिर लगे यो भन्दा पनि कडा सजाए दिने धम्की उनीहरुले दिएको पीडितहरुले बताएका छन् । गाउँमै मिलाउने भनेर तीन दिनसम्म गाउँमै राखे पनि पीडितको बोली कसैले नसुनेको मकिनाले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘सवैले गाउँमै मिल्नु पर्छ भने, तर कसैले केही सहयोग गरेन, त्यसैले म यहाँ उपचार गराउन आएको हुँ । प्रहरीलाई पनि खवर गरेको छु ।’ आलम र जाहिरको दवावका कारण खैरुल खातुन र संजीला खातुन उपचारका लागि समेत गाउँ बाहिर जान नसकेको बुझिएको छ । उनीहरुलाई गाउँबाहिर गए र खवर पठाए यो भन्दा पनि ठूलो सजाय दिने भन्दै वाहिर जान दिएका छैनन् । उनीहरु अझै गाउँमै सामान्य उपचार गराएर वसिरहेकी छन् । प्रहरीले घटनाबारे आफूहरुलाई ढिलोगरीमा जानकारी भएको बताएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured 3
National/Online Media , Local Newspaper - Sarlahi

0 Comments