Nepal Army disposed pipe bomb placed in Dharahara of Bagamati municipality-2 of Sarlahi district on 24 May. According to Area Police Office Hariwan, the bomb was disposed by the NA team from Rana Samsher Gandh Panchkumari. According to Police Inspector; Udayaman Dubedi, police have been investigating the incident. Meanwhile, police have arrested one suspected Biplov led CPN-M cadres involved in anti election campaign.
सर्लाहीको बागमती नगरपालिका २ धरहरामा बिहिबार बिहान फेला परेको पाइप बम नेपाली सेनाले निष्क्रीय पारेको छ ।
धरहरास्थित प्रहरी चौकी नजिकै झाडीभित्र फेला परेको बम रणशेर गण पाँचकुमारीबाट गएको बम डिस्पोजल टोलीले निष्क्रीय पारेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बिहिबार बिहानै बाटोको झाडीभित्र बम फेला परेपछि स्थानीयबासी आतंकित भएका थिए ।
बम कसले र किन राखेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक उदयमान द्धिवेदीले जानकारी दिनुभयो । प्रहरीले बम राखेको आशंकामा चुनावविरोधी गतिविधी गरिरहेको विप्लव माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।