Incident Reports

Missing teacher found dead, murder suspected

2017-07-08

Gandaki, Parbat, Kushma, Ward 9

An unidentified body found at the bank of the Kaligandaki river is reported to be that a missing teacher, police confirmed. A DNA test revealed that the dead body is that of a missing teacher, Narayan Poudel, Deputy Superintendent of Police (DSP) Shekhar Khanal said. Poudel, a teacher with Eyeball Academy based at Katuwachaupari of Kushma municipality – 9, disappeared on June 8. His body was found two weeks later along the bank of the river in Jaimini municipality. RSS कालीगण्डकी नदीमा भेटिएको वेवारिसे शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको पुष्टि भएको छ। डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायव उपरीक्षक शेखर खनालले बताए। ‘शवसँग पौडेलको बाबु, आमाको रगत पठाएका थियौ, डिएनए परीक्षणमा म्याच खाएको रिपोर्ट प्राप्त भएको छ’ उनले भने। कुश्मा–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए। दुई सातापछि बागलुङको जैमिनी नगरपालिमा कालीगण्डकी नदी किनारमा शव भेटिएको थियो। उक्त शव पौडेलकै भए/नभएको बिषयमा पुष्टि गर्न प्रहरीले डिएनए परीक्षणका लागि काठमाडौं पठाएको थियो। पौडेलकी आमाले घाटीमा लगाएको माला, जनै र दाँतका आधारमा शव नारायणकै भएको बताएकी थिइन्। तर, प्रहरीले थप पुष्टि गर्न भन्दै काठमाडौ पठाएको थियो। कुश्मा–१ पाङ घर भएका २० वर्षिय पौडेल कुश्मा–५ मेलमिलापचोकमा डेरा लिएर बस्दै आएका थिए। विद्यालयमा विद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि विद्यालय प्रशासनले अभिभावकसँग माफी माग्न आग्रह गरेको विद्यालय स्रोतले जनाएको छ। उक्त दिनपछि नारायण विद्यालय गएका थिएनन्। पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएको प्रहरीले जनाएको थियो। तीन छोरामध्ये उनी परिवारका माइला हुन। त्यो घटनापछि शिक्षक बेपत्ता भएका थिए। प्रहरीले उक्त शव नारायण पौडेलकै भएको पुष्टि भएपछि आत्महत्या वा हत्या भन्ने बिषयमा अनुसन्धान थालेको जनाएको छ। ‘अब शव पौडेलकै भएको पुष्टि भएको छ’ खनालले भने–‘के कसरी ज्यान गएको हो, सुक्ष्म अनुसन्धान थालेका छौ।’ प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ। विद्यालयका प्रिन्सिपल विमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ। उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार सात दिनको म्याद थपेको छ। प्रहरीका अनुसार शव घाँटी रेटिएकोजस्तो प्रकृतिको भेटिएको थियो। शवको काठमाडौमा पोष्टमार्टम गर्दा घाटीको चोटका कारण मृत्यु भएको भन्ने खुल्न आएको छ । ‘हत्या पनि हुनसक्छ, हामफाल्ने क्रममा घाटीमा चोट लागेर मृत्यु भएको पनि हुनसक्छ’ जिल्ला प्रहरी प्रमुख खनालले भने–‘सबै कोणबाट अनुसन्धान थालेका छौ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments