Unidentified group on Monday night torched a vehicle belonging to a private school in Udayapur. According to inspector Deviprashad Fagu of District Police Office Udayapur, the unidentified group torched a bus bearing plate number Ko 1 Kha 5040 that was parked inside the premises of Crimson Boarding School in Triyuga municipality-4 Sallaghari at around 10:30 pm at night. Police are further investigating on the incident.
अपरिचित समूहले सोमबार राति उदयपुरको एक निजी विद्यालयको गाडीमा आगजानी गरेकाछन् । राति १०ः३० बजे त्रियुगा नगरपालिका–४ सालघारीस्थित क्रिमसन बोर्डिङ स्कूलको को.१.ख.५०४० नम्बरको बस बिद्यालयको हाताभित्रै राखिएको ठाउँमा आगजानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताउनुभयो।
बस आगजानी गर्नुअघि उक्त समूहले गेट र भित्र रहेको बलिरहेको विजुलीको वल्व झिकेर बत्ति मारेको बिद्यालयका सञ्चालक सुमन चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होस्टलमा रहेका बिद्यार्थी पढाई सकेर सुत्न लाग्दा अचानक गाडीमा आगोलागी भएको देखेपछि हल्लाखल्ला गरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।’
‘कसले र किन आगो लगाएको हो भन्ने केही थाहा छैन्,’ चौधरीले भन्नुभयो, ‘कम्पाउन्ड भित्र गाडी छ, बलिरहेको विजुलीको वल्व झिकेर योजनाबद्धरुपमा आगजानी गरिएको छ, जो भएपनि छानविन गरी कारवाही होस ।’ उहाँले आफूसँग कसैको रिसिवी नभएको र पछिल्लो समय कसैले पनि चन्दा नमागेको बताउनुभयो ।
बुधबार नेकपा माओबादी विप्लव समूहले बन्दको आह्वान गरेको छ तर वन्द पूर्व स्कूलभित्र रोकिरहेको बसमाथि आगजानी भएकाले विप्लव समूहले आगजानी गरेको हो भन्ने अवस्था नरहेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले घटनाको छानबिन भइरहेको बताउनुभयो ।
यता विप्लव समूहले आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै बुधबार नेपाल बन्दको आयोजना गरेका छन् । प्रहरी प्रशासनले आफ्ना कार्यकर्ता गिर्फतार गरी झुठा मुद्धा लगाएको भन्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । बिद्यालयको बसमा आगो लगाएको बिषयमा भने विप्लवका जिल्ला इन्चार्ज केदार राईले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।