Incident Reports

Cadres of CPN set fire to a public bus in Kapilbastu

2017-07-11

Lumbini, Kapilvastu, Shivaraj, Ward 2

Cadres of Nepal communist Party (NCP) led by Netra Bikram Chand (Biplob) set fire to a public bus by hurling four improvised explosive device (IED), petrol bomb, in Dhankhola, Shivanagar Municipality-01 on Tuesday. A 65-year-old man from Narainapur Rural Municipality-01 was injured in the incident. The bus was heading to Nepalgunj from Kathmandu. पशुपतिनाथ मन्दिर परिसरमा रहेको एउटा शिवालय विवादास्पद रुपमा भत्काइएको छ । किरियापुत्री भवन बनाउने भन्दै शिवालय भत्काएपछि स्थानीयले पशुपति क्षेत्र विकास कोषको आलोचना गरेका छन् । तर, कोषका अधिकारीहरुले भने भत्काइएको संरचना शिवालय नै नभएको दावी गरेका छन् । गत शनिबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनको कार्यकालको अन्तिम दिन थियो । त्यही दिन वनकाली क्षेत्रमा रहेको एक शिवालय छेउमा डोजर पुग्यो र पुरानो शिवालय भत्काउन थाल्यो । केही स्थानीयले बिरोध जनाएपनि डोजर रोकिएन । स्थानीयले पुरातात्विक क्षेत्रको शिवालय नभत्काउन माग गरेका थिए । आफ्नो कुरा सुनुवाई नभएपछि स्थानीयले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडाअध्यक्ष दिनेशकुमार डंगोललाई फोन गरे । पशुपति क्षेत्रभित्रै डोजर प्रवेश गरेको र पुरातात्विक शिवालय भत्काएको कुरा सुनेपछि डंगोल तत्काल घटनास्थल पुगे । ‘म पुगेर पनि केही गर्नसक्ने स्थिति थिएन । मुचुल्का समेत नउठाई स्थानीयहरु नभएको मौका छोप्दै शिवालय भत्काइएको रहेछ,’ डंगोलले भने, ‘पशुपति क्षेत्रमा डोजर छिराएर त्यति धेरै पुरातात्विक महत्वको शिवालय भत्काउनु क्षम्य अपराध होइन ।’ उनले शिवालयमा हुनुपर्ने विभिन्न मूर्तिसहितका सम्पदाहरु त्यहाँ नरहँदा विभिन्न आशंका उत्पन्न भएको पनि बताए । किन भत्काइयो शिवालय ? स्थानीयले घटना लगत्तै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतिलाई घटनास्थलमा बोलाएका थिए । उनी आएपछि थाहा भयो, कोषले किरियापुत्री भबन बनाउन शिवालय भत्काएको रहेछ । तर, उनले कोषले डोजर नल्याएको र भवन निर्माणका जिम्मा लिएका दाताले नै डोजर ल्याएको तर्क गरे । कार्यकारी निर्देशक उप्रेतीले अनलाइनखबरसँग भने, ‘दाताले हामीलाई नसोधी डोजर ल्याएछन्, हामीले थाहा नै पाएनौं । किरियापुत्री भवन निर्माणका लागि स्वीकृति पाएका दाताले बदमासी गर्दा समस्या भयो ।’ उनले शिवालय मासेर किरियापुत्री भवन बनाउने योजना नभएको बताए । ‘भत्काउने मान्छे पाइएन भनेर डोजर ल्याएछन्,’ उप्रेतिले भने, ‘भूकम्पले त्यो शिवालय जीर्ण थियो । अब भत्कियो, पुनर्निर्माण गर्छौं ।’ टण्डन भन्छन्- त्यो शिवालय होइन कोषका तत्कालीन सदस्य सचिव टण्डन भने भत्काइएको संरचना शिवालय नै नभएको दावी गर्छन् । त्यो दाउरा राख्न बनाइएको संरचना मात्रै भएकाले मन्दिर भनेर प्रचार नगर्न आग्रह गरे । ‘मन्दिर आकृतिको भएकाले त्यसलाई शिवालय भनिएको हो,’ टण्डन भन्छन्, ‘तर, त्यो बाहिर आए जस्तो शिवालय नै चाँही होइन ।’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक उप्रेति पनि २५ वर्षदेखि सो शिवालयमा पूजा-आजा भएको आफूलाई थाहा नभएको बताउँछन् । तर, स्थानीयहरु भने वीरशम्शेरले बनाएको चार शिवालय भन्दा भत्काइएको शिवालय पुरानो भएको दाबी गर्दछन् । ८ नम्बरका वडाध्यक्ष डंगोल विश्व सम्पदा क्षेत्रभित्र डोजर ल्याएर पुरातात्विक सम्पदा नष्ट गर्ने कामको जति बिरोध गर्दा पनि नपुग्ने बताउँछन् । ‘कोषको काम संरक्षण गर्ने हो कि नष्ट गर्ने हो ?’ उनको प्रश्न छ, ‘भूकम्पबाट क्षतिग्रस्त धेरै सम्पदा बनेका छैनन् । अब किरियापुत्री बसाउने घरका लागि मन्दिर नै मास्न थालेपछि पशुपति क्षेत्र विकास कोषबाट के अपेक्षा गर्ने ?’ कपिलवस्तुमा बसमा पेट्रोल बम प्रहार भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका-१ धानखोलामा विपल्व माओवादीका कार्यकर्ताहरुले पेट्रोल बम प्रहार गरेका हुन । बम प्रहारबाट बाँके नरैनापुर गाउँपालिका-१ का ६५ बर्षीय कमरुदिन जोलहा घाइते भएका हुन । घाइते जोलहालाई कपिलवस्तुको चन्द्रौटामा समान्य उपचारपछि थप उपचारको लागि रुपन्देहीको बुटवल रिफर गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश आर्यालले जानकारी दिए । जोलहा बसको पछाडिको सिटमा बसेका थिए । विप्लव माओवादीका कार्यकर्ताहरुले ना ५ ख ८९४८ नम्बरको बसमा ४ वटा पेट्रोल बम प्रहार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भटाराईले जानकारी दिए । काठमाडौंदेखि बाँके जाँदै गरेको सवारी साधनलाई प्रहरीले स्कटिङ गर्ने क्रममा पेट्रोल बम प्रहार भएको हो । विपल्प माओवादीले कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै बन्दको अहृवान गरेको थियो । मंगलबार नै जुम्लामा पनि ट्रकमा आगजनी भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC , Other Sources , Local Newspaper - Dhanusha , Local Newspaper - Banke

0 Comments