Incident Reports

Indefinite Tarai Strike Affects Normal Life

2013-06-04

Dang/ June 4 Normal life across districts in Tarai regions has been affected due to the indefinite bandh called on by Freed Kamalaris and organizations working in Kamalari sectors on June 4. Long and short route vehicles have been affected due to the bandh. Market, industries and educational institutions remained closed due to the strike. The protestors obstructed a vehicle (Ra 1 Ga 11) belonging to the Ghorahi municipality and vandalized its glass. The security has been tightened around the area to avoid untoward incident, according to the District Police Office, Dang. The bandh enforces are walking on the streets with batons. The strike will continue until the government addresses our demand, said Manjita Chaudhary, central chairperson of Kamalari Bikash Manch. Ex-Kamalaris have been protesting since May 31 demanding investigation over the death of 12-year-old Srijana Chaudhary who died in the house of Yuvraj Paudel at Lalitpur, proper compensation for the victim’s family, identity card for the Kamalaris, amendment of law related to Kamalaris, including other demands. Salikram Musafir दाङ । जेठ २१ गते विभिन्न माग राखी मुक्त कमलरी तथा कमलरीको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले गरेको अनिश्चितकालीन पश्चिम तराईका २२ जिल्ला बन्दको पहिलो दिन जेठ २१ गते जिल्लाको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । बन्दको कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आएका छैनन् । बन्दले गर्दा जिल्लामा व्यापार व्यवसाय, कलकारखाना, शिक्षण संस्थालगायत ठप्प रहेका छन् । बन्दकर्ताहरूले घोराही नगरपालिकाको फोहोर फाल्ने रा १ ग ११ नम्बरको गाडीलाई केही बेर अवरोध गरी गाडीको ऐनाको सीसा फोडी दिएका छन् । बन्दका क्रममा कुनै अप्रिय घटना हुँन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बन्दकर्ताहरू लाठी लिएर जिल्लाका बिभिन्न स्थानमा हिँडिरहेका छन् । आफूहरूको मागको उचित सुनुवाइ नहुँदासम्म बन्द जारी रहने कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले बताइन् । ललितपुरस्थित युवराज पौडेलको घरमा कम्लरीको रुपमा बसेकी १२ वर्षीया सिर्जना चौधरीको हत्यारालाई कारबाही गरिनुपर्ने, पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कम्लरीहरूका लागि परिचयपत्रको व्यवस्था गरिनुपर्ने, कमलरी सम्बन्धी कानुन संशोधन गरी उचित व्यवस्था अनुसार कम्लरीहरूको जल्दाबल्दा समस्याहरूको समाधान गरिनुपर्ने, सरकारले पूर्वकम्लरीहरूलाई प्रदान गर्दै आएको प्रतिव्यक्ति ५ हजार रुपियाँ सहयोग अपुग भएकोले त्यसलाई बढाउनुपर्ने लगायतका माग राखी जेठ १४ गतेदेखि मुक्त कमलरीहरू आन्दोलित हुँदै आएका छन् । शालिकराम मुसाफिर

0 Comments

Related Reports
Related Trend Analysis