Incident Reports

Torture Victim Seeks Compensation

2013-06-05

Province 1, Morang, Jahada

Morang/June 5 Manoj Kumar Singh alias Madan, 41, of Majhare VDC-3 has filed a case against Majhare Police Post at the District Court on June 5 demanding compensation for torture inflicted upon him. The victim filed the case with joint initiation of INSEC and Advocacy Forum. He has sought departmental action and a compensation of 1 lakh rupees saying that he was tortured in the Majhare Police Post on May 23. Manoj had also filed a complaint against in-charge of the police post ASI Prahlad Kumar Sharma at the District Administration Office on May 24. The victim received treatment at Koshi Zonal Hospital in Biratnagar. According to the complaint filed by the victim, ASI Sharma in inebriated condition thrashed him with boot and lathi inside the police post premises after taking him to the police post over a dispute with Santosh Mahato, 38, of Majhare VDC-3. The victim sustained bruises to his stomach, arm, chest, back and other body parts. Meanwhile, in-charge of the police post denied the victim"s claim. Deepen Neupane मोरङ । जेठ २२ गते मझारे गाविस-३ का प्लम्बर मिस्त्री ४१ वर्षीय मदन भनिने मनोजकुमार सिंहलाई कुटपिट गरेको भन्दै मझारे प्रहरी चौकीविरुद्ध पीडितले जिल्ला अदालतमा जेठ २२ गते यातना क्षतिपूर्तिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । सो मुद्दा दर्ता गर्न इन्सेक र एड्भोकेसी फोरमले संयुक्त रुपमा पहल गरेका थिए । पीडितले सो मुद्दामा एक लाख रुपियाँ क्षतिपूर्ति र विभागीय कारबाहीको माग गरेका छन् । घटना जेठ ९ गते राति प्रहरी चौकीमा भएको थियो । यसअघि उनले मझारे चौकीका इन्चार्ज असई प्रह्लादकुमार शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जेठ १० गते उजुरी दिएका थिए । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भएको थियो । मझारे गाविस-३ का ३८ वर्षीय सन्तोष महतोसँग झगडा भएको विषयमा प्रहरीले गिरफ्तार गरी चौकीमा लगिएका पीडितलाई मादक पदार्थ सेवन गरेका असई शर्माले चौकी परिसरकै चौर र फोहरपानी जमेको खाल्डोमा राखेर बुट र लाठीले कुटपिट गरेको मुद्दामा उल्लेख गरिएको छ । कुटपिटबाट पीडितको पेट, पाखुरा, छाती ढाडलगायतका शरीरका विभिन्न ठाउँमा नीलडाम रहेको थियो । प्रहरी चौकी मझारेका इन्चार्ज सिंहले कुटपिट गरेको अस्वीकार गरेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis