Incident Reports

Bhaktapur land revenue officials held for taking bribe

2017-07-22

Bagmati, Bhaktapur, Bhaktapur

The Commission for the Investigation of Abuse of Authority (CIAA) has arrested four officials of the Land Revenue Office, Bhaktapur, on the charge of taking Rs 50,000 bribe from a service seeker. The arrestees have been identified Chakra Bahadur Shrestha, Raj Kumar Ghimire, Dinesh Regmi and Durga Pokharel. A person from Bageshwari had filed a complaint at the CIAA against the land revenue officer Shrestha, alleging him of intentionally giving unnecessary trouble in response to his application to the land revenue office for making adjustment to his land plot. Based on the complaint, the CIAA team arrested the four land revenue office officials with the bribe money from the Wave Sekuwa Corner restaurant at Kaushaltar at 7 pm on Friday. They have been kept in the CIAA custody for further investigation. RSS अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृतसहित चार कर्मचारी पक्राउ गरेको छ । अख्तियार टोलीले शुक्रबार साँझ भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ, नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरेललाई पक्राउ गरेको अख्तियारका सहसचिव एवं प्रवक्ता जीवराज घिमिरेले बताए । चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको जग्गा कित्ताकात्त गरी बाटो राखेर प्लट मिलान गर्ने कामको लागि घुस लिँदै गरेका उनीहरुलाई मध्यपुर थिमि नगरपालिका ३ कौशल्टारस्थित ‘वेभ सेकुवा कर्नर’बाट पक्राउ गरेको प्रवक्ता घिमिरेले बताए । प्लट मिलान गर्नको लागि सबै प्रक्रिया पुर्‍याई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दु:ख दिन थालेपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएको र उजुरीको आधारमा कर्मचारीहरुलाई घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार नगद लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको जनाएको छ ।
National/Online Media , Local Newspaper - Sarlahi , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis