Incident Reports

Woman Injured in Husband's Beatings

2013-06-06

Saptari/June 6 Phulo Devi Das, 42, of Rajbiraj Municipality-2 has been seriously injured in the beatings by her husband Narsingh Das, 48, on June 6. Nar Shing, who was under the influence of alcohol, beat his first wife Phulo Devi, the victim’s sons Pappu Kumar Pawan said. She has been admitted to Sagarmatha Zonal Hospital, Rajbiraj. She still remains unconscious. The hospital sources said that she had deep cuts on her forehead and nose. Pappu said that he would file a complaint against his father. Manohar Kumar Pokharel सप्तरी । ०७० जेठ २३ गते राजविराज नपा-१ की ४२ वर्षीया फूलोदेवी दासलाई जेठ २३ गते पति ४८ वर्षीय नरसिंह दासले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । मदिरा सेवन गरेका नरसिंहले जेठी पत्नी फुलोदेबीलाई घरायसी विवादमा मरणासन्न हुने गरी कुटपिट गरेको छोरा २७ वर्षीय पप्पुकुमार पवनले बताए । घाइते फुलोदेवीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । उनको जेठ २३ गते साँझ ६ बजेसम्म होस खुलेको छैन् । रक्ताम्य अवस्थामा अस्पताल भर्ना भएकी घाइते फुलोदेवीको निधार र नाकमा तीन सेन्टिमिटर लम्बाई र एक सेन्टिमिटर चौडाई घाउखत भएको अस्पतालले जनाएको छ । पीडितका एक मात्र छोरा पप्पुले पिताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताए । नरसिंहको जेठी पत्नीतर्फ १ र कान्छी पत्नीतर्फ ३ छोरा छन् । मनोहरकुमार पाखेरेल

0 Comments

Related Reports
Related Trend Analysis