Incident Reports

Dismembered Body of Girl Found

2013-06-06

Kavre/June 6 Dismembered head and hand parts of a girl have been found at Bhaisepati in Nasikasthan Sanga VDC-1 besides Araniko Highway on June 6. It is assumed that the girl was killed and her body parts dumped. The girl, who has not been identified yet, is presumed to be about 15. Local women going to collect fodder had reported the police after sighting the head. Banepa’s police station Inspector Achyut Chapagain said that they were bringing dogs to begin the investigation. The severed hands were found by the dogs. Bhojraj Timalsina काभ्रे । ०७० जेठ २३ गते नासिकास्थान साँगा गाविस-१ भैँसेपाटीस्थित अरनिको राजमार्गको छेउमा जेठ २३ गते दिँउसो प्रहरीले एक अपरिचित बालिकाको टाउको र टाउको भेटिएको स्थानभन्दा केही तल दुवै हातका टुक्रा भेटाएको छ । टाउको र हातबाहेक शरीरका अन्य भाग अझै फेला नपरेको उक्त बालिकालाई हत्या गरी फ्याँकिएको अनुमान गरिएको छ । स्थानीय घाँस काट्न गएका महिलाहरूले टाउको देखेकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उक्त बालिका अन्दाजी १५/१६ वर्षको हुनसक्ने अनुमान गरिएको छ । घटनाको विषयमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको बनेपाका इन्सपेक्टर अच्युत चापागाईले बताए । मृतकको टाउको स्थानीयले फेला पारेपनि हात भने तालिम प्राप्त कुकुरले फेला पारेको थियो । मृतकको अझै पहिचान हुन सकेको छैन । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis