Incident Reports

Rapist Sentenced to 16 Years in Prison

2013-06-06

Arghakhanchi/ June 6 The District court of Arghakhanci has sentenced, Jit Bahadur Khamcha, for 16 years and 6 months on June 5 on charge of raping a 16-year-old girl. The single court in session by the District Court, Madhebendra Raj Regmi decided to sentence him for 16 years of imprisonment. Khamcha of Simalpani VDC-5 had raped a girl on September 17, 2012 while she was alone at her home. The victim’s family had lodged a complaint on September 20 at Area Police Office against Khamcha. Narayan Bhushal अर्घाखाँची । ०७० जेठ २३ गते १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जीतबहादुर खाम्चालाई जिल्ला अदालत अर्घाखाँचीले जेठ २२ गते १६ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायधीश माधबेन्द्रराज रेग्मीको एकल इजलासले जबरजस्तीकरणी तथा हाडनातामा करणी गरेको अभियोगमा १६ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको हो । सिमलपानी गाविस-५ का खाम्चाले बालिकालाई ०६९ असोज १ गते पीडितकी आमा माइत गएको मौका छोपी आफ्नै घरमा बलात्कार गरेका थिए । पीडितका आफन्तले ०६९ असोज ४ गते आरोपि विरुद्ध इलाका प्रहरी कार्यलय ठाँडामा निवेदन दिएका थिए । जिल्ला अदालतले असोज २८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । मुलुकी ऐनको जबरजस्ती करणी महल अनुसार ६ वर्ष ६ महिना कैद र सोही ऐनको हाडनाता करणीमहल बमोजिम थप १० वर्षकैद गरी १६ वर्ष६ महिना कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले बताए । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis