Incident Reports

No translation available.

2013-06-06

Karnali, Mugu, Chhayanath Rara

Mugu,7 June,Police has arrested four youths on charge of misbehaving with two Filipina and one British health workers who are working as volunteers in Mugu District Hospital. The victims have filed case in CDO office against the local youth of Karkiwada VDC. He is a worker of Dafe hotel of Rara lake. Police has arrested four youths for investigation. मुगु । ०७० जेठ २३ गते जिल्ला अस्पताल मुगुमा स्वयम्सेवकका रूपमा काम गर्दै आएका दुई फिलिपिन्स र एक बेलायती महिला स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चार जना युवालाई प्रहरीले गिरफ्तार गरेको छ । जुम्लाबाट आएका आफ्ना साथीहरूलाई जेठ २० गते रारा ताल घुमाउन गएका ती विदेशी महिलालाई मुगुको रारास्थित डाँफे होटलमा मिस्त्रीको काम गर्ने कार्कीवाडाँ गाविसका स्थानीय युवाले मदिरा सेवन गरी होटेलका सञ्चालक नभएको मौका पारेर दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । जेठ २२ गते उजुरी दर्ता गराए पछि प्रहरीले त्यसमा संलग्न चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार्कीबाडा गाविस-३ का पंखराज महतारा, सोही गाविस-७ का जसबहादुर कामी लगात चार युवा रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए । प्रजिअ चौधरीका अनुसार जेठ २० गते राती मदिरा सेवन गरि विदेशी नागरिकलाई चिमोट्ने, अपशब्द प्रयोग गर्ने गरेको र २१ गते पनि त्यही कार्य दोहोर्‍याएको भन्दै पीडितले उजुरी दिएका थिए । ती युवतीहरू जिल्ला अस्पताल मुगुमा विगत तीन महिना देखि स्वयम्सेविकाको रूपमा कार्यरत छन । जीबन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis