Incident Reports

Annapurna: Man killed in Kathmandu

2017-08-02

Bagmati, Kathmandu, Kathmandu

Meghraj Bhusal from Phalebas Municipality-4, in Parbat district, was found murdered in Kathmandu. A residence of Lalitpur Gilmi, 42yrs Fulmaya Tamang known as Kanchimaya has been arrested on a charge of a Bhusal murder case. In the initial state of her, Bhusal was killed while defending herself from being raped on August 2nd, police said. Police have also arrested her husband for the investigation. According to the police, Bhusal and other three people have invested their share in Agriculture Farm. A deceased family has accused that the investor planned for his murder and give a false statement so that they won't get charged for the crime. As per the law of Nepal, a woman who kills perpetrators in a defense from being raped is set to be free. The family of the deceased stated that the perpetrators are trying to take the advantage of the law and they are trying to save themselves from being punished. पर्वतको फलेवास नगरपालिका ४ साविकको मुडिकुवा ६ सिर्सुवाका मेघराज भुसालको काठमाडौंमा हत्या भएको छ। भुसालको एक महिलाको प्रयोग गरी हत्या भएको हो। राजधानीमा एक एयरलाइन्समा जागिरे रहेका भुसालले लगानी गरेको कृषि फर्ममा काम गर्ने कामदारले हत्या गरेकी हुन्। ललितपुरको साविकको गिल्मी गाविसकी ४२ वर्षीया कान्छीमाया भनिने फुलमाया तामाङले भुसाललाई कोखामा छुरीले हानेर हत्या गरेको खुलेको छ। तामाङले आफैँ हत्या गरेको भन्दै प्रहरी कार्यालय भैँसेपाटीमा पुगेर बताएकी थिइन्। प्रारम्भिक बयानमा तामाङले आफूलाई बलात्कारको प्रयास भएकाले प्रतिकार गर्दा भुसालको मृत्यु भएको बताएको अनुसन्धान गरिरहेका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो। प्रहरीले तामाङलाई ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ। प्रहरीले वयान लिने क्रममा कान्छी मायाका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ। भुसालले अन्य तीन जनासंग शेयर गरेर कृषि फर्ममा लगानी गरेका थिए। बलात्कारको वहानामा लगानीकर्ताले षडयन्त्रपूर्वक भुसालको हत्या गरेको आफन्तजनले आरोप लगाएका छन्। महिलाको प्रयोग गरेर लगानी गर्ने सहपाठीले नै उनको हत्या गरेको भन्दै प्रहरीलाई अनुसन्धानको दायरा फराकिलो बनाउन आफन्तले दबाब दिएका छन्। महिलाले बलात्कारको प्रयास भएको खण्डमा हत्या गरेपनि कारवाही छुट हुने मुलुकी ऐनमा व्यवस्था रहेको छ। त्यही व्यवस्थाको फाइदा उठाउन महिलाको प्रयोग गरिएको आफन्तजनको दावी छ। साउन १८ गते बिहान ११:३० मा हत्या भएको मेघराज भुसालको साउन २० गते आर्यघाटमा अन्तेष्टी गरिएको छ। ज्वाइँको हत्याको दुःखद खबरले उहाँका ससुरा पर्वतको पिपलटारीका मुक्तिराम पौडेलको पनि मृत्यु भएको छ। मृत्युको खबर सुनेपछि क्यान्सर रोगले ग्रसित रहेका पौडेलको अकस्मात मृत्यु भएको हो। ४१ वर्षीया भुसालका बुवा, आमा, एक श्रीमती छन्। श्रीमती विद्यत प्राधिकरणमा अधिकृत पदमा कार्यरत छिन्। उनकी ११ वर्षीया छोरी, १० महिनाका छोरा छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments