Incident Reports

Headquarter Tensed After NC and UCPN-M Cadres Clash

2013-06-09

Jumla/ June 10 A member of Nepal Employees Union, Janak Sejuwal has been critically injured in a clash between the cadres of NC and UCPN-M in the district headquarters of Jumla on June 9. The incident became more tensed after the dispute between the two persons was politicalized. The injured Sejuwal has been referred to Kathmandu after he could not be treated at Karnali Institute of Health and Science. More than two dozens of houses were vandalized by the agitators. The NC cadres were suddenly attacked by the UCPN-M cadres while organizing a sit-in protest in front of District Administration Office. The District Administration office was vandalized by the cadres of both parties accusing the police administration of failing to provide security. Man Datta Rawal जुम्ला । ०७० जेठ २७ गते नेपाली काङ्ग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच जेठ २६ गते जुम्ला सदरमुकाममा झडप हुँदा नेपाल कर्मचारी युनियनका सदस्य जनक सेजुवाल गम्भीर घाइते भएका छन् । दुई जना व्यक्तिबीचको विवादलाई राजनीतिककरण गरिएपछि अवस्था तनावग्रस्त हुन पुगेको हो । घाइते सेजुवालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन थप उपचारका लागि काठमाडौँ लगिएको छ । यस्तै दुवै पक्षले आधा दर्जन भन्दा वढी घरहरुमा तोडफोड गरेका छन् । नेकपा माओवादीका कार्यकर्ताले नेपाली काग्रेसका कार्यकर्ता घनश्याम थापा, धर्मराज खत्री र नेपाल रेडक्रसको कार्यलयमा तोडफेड गरेका थिए भने नेपाली काङ्ग्रेसका कार्यकर्ताले नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य मनोज वुढाथोकी, राज्य समितीका सदस्य राज वहादुर खत्री र खगेन्द्र कार्कीको घर तोडफोड गरी क्षति पुर्‍याएका छन् । शनिवार साँझ माओवादी र काङ्ग्रेसका कार्यकर्ताबीच सामान्य भनाभन हुँदा यसले आइतबार उग्र रुप लिएको हो । नेपाली काङ्ग्रेसका कार्यकताले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेको अवस्थामा नेकपा माओवादीका कार्यकताले एक्कासि आक्रमण गरेका थिए । आक्रमणपछि प्रहरी प्रसासनले सुरक्षा नदिएको भन्दै दुवै पक्षका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा ढुङ्गा मुढा गरे भने सहायक प्रमुख जिल्ला अधिकारी माथी हातपातको समेत प्रयास गरेका थिए । मानदत्त रावल

0 Comments

Related Reports
Related Trend Analysis